RaraNews

प्रकाशित : २०७७/६/२९ गते
१३२७ पटक

लामो समयदेखि रिक्त रहेका संवैधानिक आयोगका पदहरुमा पदाधिकारी नियुक्तीको कुरा चलेसंगै राष्ट्रिय दलित आयोगमा अधिकारकर्मी गणेश बि.क.को चर्चा चलेको छ । तीन दशक बढीदेखि मानवअधिकार, दलित आन्दोेलन र राजनीतिमा सक्रिय भएका बिक राष्ट्रिय दलित आयोगको अध्यक्षका लागि अन्य प्रतिस्प्रधीको तुलनामा बलियो स्थिति देखिन्छ ।

योग्यता, क्षमता, योगदान, निरन्तरता र अनुभवका आधारले गणेश विकको संभावना बढी नै देखिएको छ । सुदुरपश्चिमको बझाङ्ग जिल्लाबाट संर्घष गरेर शुरु भएको उहाँको यात्रा अहिले मानव अधिकार आन्दोलन, दलित आन्दोलन, भूमिअधिकार आन्दोलन, नागरिक समाजका अगुवा र राजनीतिककर्मीका रुपमा परिचित छ । उहाँले राजनीति शास्त्रमा स्नाकोत्तर गर्नुभएको छ भने भने अर्थशासत्र र शिक्षामा स्नातक गर्नुभएको छ । उहाँ सामाजिक र राजनितीक क्षेत्रमा पनि उतिकै क्रियाशिल हुनुहुन्छ ।


उहाँ अहिले राष्ट्रिय दलित नेटवर्कको केन्द्रीय अध्यक्ष, मानवअधिकार संरक्षण मंञ्चको महासचिव हुनुहुन्छ भने गैरसरकारी संस्था महासंघ नेपाल तथा मानव अधिकार एलाइन्सको पूर्व अध्यक्ष तथा हाल सल्लाहकार हुनुहुन्छ । त्यस्तै उहाँले पार्टीको केन्द्रीय अनुशासन आयोगको सदस्य र मुक्ति समाज नेपालको महासचिव भएर काम गरि सक्नु भएको छ । उहाँले पार्टीको अनुशासन आयोगमा रहेर काम गर्दा पार्टीका उच्चपदमा रहेका नेताहरुका समेत अनुशासनका मुद्दाहरु हेरेको र मुक्ति समाज नेपालमा रहेर काम गर्दा नेपालका दलित समुदायको अवस्था, मानवअधिकारबारे अध्ययन गर्ने मौका मिलेको अनुभव सुनाउनु भयो ।

उहाँले भन्नु भयो “राष्ट्रिय दलित आयोग सबैधानिक आयोग हो । त्यसैले त्यस्तै दख्खल भएको व्यक्तिको आवश्यक हुन्छ । मैले लामो समय देखि मानवअधिकारको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा काम गरेको छु । त्यसैले त्यस किसिमको अनुभव तथा दख्खल भएका व्यक्ति हुनुको नाताले आफू सो पदका लागि योग्य छु जस्तो लाग्छ ।” अनेरास्ववियू, शिक्षक संगठन, तथा पार्टीको केन्द्रीय सामाजिक सेवा विभाग लगायतका जिम्मेवारीमा रहेर तथा मुक्ति समाज नेपालको नेतृत्वदायी भूमिका रहेर काम गरेका उहाँ नेपालको दलित आन्दोलनका पुराना बैचारिक नेताका रुपमा चिनिनु हुन्छ ।

उहाँले आफ्नो योगदान, क्षमता र योग्यता अनुसारको अवसर नपाएकोमा भने दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो “मेरो समकालिन साथीहरु मन्त्री बने, कोही सांसद बने, कोहि पार्टीको नेता भए तर आफूलाई त्यस्तो अवसर आजसम्म जुरेको छैन” । अहिले राष्ट्रिय दलित आयोगको नेतृत्व आफूले गर्न पाउनेमा भने उहाँ आफै पनि विश्वस्त हुनुहुन्छ भने पार्टीबाट पनि त्यो खालको आश्वासन पाएको बताउनु भयो ।

प्रतिकृया दिनुहोस्