RaraNews

प्रकाशित : २०७७/६/२८ गते
९०५ पटक

लामो समयदेखि मिर्गौला र मुट रोगबाट पीडित प्रतिनिधिसभाका सदस्य सानु सिवा पहाडीको बुधबार निधन भएको छ । उहाँको स्वास्थ्य समस्या थप जटिल बन्दै गएपछि काठमाडौंको केएमसी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उहाँ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट समानुपातिकतर्फको संघीय सांसद हुनुहुन्थ्यो ।त्यस्तै उहाँ लामो समयदेखि जनसांस्कृति महासंघमा आबद्ध रही गीति यात्रामा पनि रहनुभएको थियो । ताप्लेजुङमा जन्मिएकी उहाँको केही वर्षअघि मिर्गौला फेरिएको थियो ।

प्रतिकृया दिनुहोस्