RaraNews

प्रकाशित : २०७७/६/२३ गते
११४८ पटक

रुपन्देहीको शुद्धोधनमा एक दलित महिलालाई ६ जनाको समूहले निर्घात कुटपिट गरेका छन्। शुद्धोधन गाउँपालिका १ बेलवाका २४ वर्षीय शोभा हरिजनलाई २०१७ सालदेखि जोतभोग गर्दै आएको आफ्नो जग्गामा घर बनाएको निहुँमा जातीय रुपमा अपमान र गाली गलौज गरि कुटपिट भएको हो। कुटपिटबाट हरिजनले लगाएको कपडा च्यातिएको छ भने आँखा र हातमा चोट लागेको छ। गत असोज १६ गते बेलुका घटना भएपनि न्यायको खोजी गद प्रहरीमा भाएपछि घटना सार्वजनिक भएको हो। पीडित हरिजनले शुद्धोधन गाउँपालिका वडा न. १ वेलवा बस्ने ४० वर्षीय शन्तराम लोनिया, सोही ठाउँका ३५ वर्षीय रामकेश लोनिया, ३७ वर्षीय विहारी मल्लाहा, ३९ वर्षीय श्रीकान्ती मल्लाहा, २५ वर्षीय मञ्जु मल्लाहा र ३० वर्षीय नर्वदा मल्लाहविरुद्ध जातीय भेदभाव र महिला हिंसा कसुरमा जाहेरी दर्ता गरेकी छन्। दलित सञ्जाल सैनामैना रुपन्देहीको पहलमा प्रहरीमा जोहेरी दर्ता भएको हो।


‘मलाई लठ्ठी र हातले हाने, मेरो कपडा सबै च्यातिएको छ, धन्य छिमेकीहरुले देखेर बचाए’ उनले भनिन्। घरमा श्रीमान नभएको मौका छोपेर जातीय रुपमा अपमान र गाली गर्दै अश्लिल शब्द समेत प्रयोग गरि कुटपिट भएकाले जातीय छुवाछुत कसुर र सजाय ऐन २०६८ अनुसार कारवाही गरि न्याय दिलाउन भनि शोभाले जोहरी दिएकी छन्। कुटपिटसँगै १५ हजार बरारको सिक्रि समेत लुटेको पीडित उनले बताईन्। लालपुर्जा नभएको उक्त जग्गा आफूहरुको पुख्र्यौली भएको पीडित शोभाले बताईन्। इट्टाको पक्की घर बनाउन लागेपछि शन्तराम लोनिया र मञ्जु मल्लाहाले छलफल गरेर मात्रै बनाउन भनेपछि रोकेको शोभाका श्रीमान रमेश हरिजनले बताए। २२ कठ्ठा १३ धुर जग्गा भएको ३ कठ्ठा मात्रै दिन खोजेको उनको भनाई छ।


जग्गा कारोवारी समेत रहेका पीडकहरुले गरिव, निमुखाहरुको जग्गा हडपेर बिक्री गर्ने गरेको हरिजनको आरोप छ। पीडक पक्षले भने आफूहरुले त्यस्तो जातीय अपमान नगरेको बताएका छन्। शिक्षित र सभ्य समाजमा पनि पछिल्लो समय जातको आधारमा भेदभाव र हिंसा बढ्दै जादा समाजमा सामाजिक विभेद थप मौलाउँदै गएको अभियान्ता नरबहादुर सुनारले बताए।
इलाका प्रहरी कार्यालय बुटवलले जातीय छुवाछुत र महिला हिंसा भएको भन्दै जाहेरी परेकाले आवश्यक कारवाही अघि बढाएको जनाएको छ। ६ जना विपक्षि बनाई परेको किटानी जाहेरीमध्ये ५ जनालाई पक्राउ गरि अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक नविन चुँदालीले जानकारी दिए। पछिल्लो समय रुपन्देहीमा जातीय भेदभाव सम्बन्धी घटनामा जाहेरी हुने क्रम बढेको छ। रुपन्देहीको भैरहवा स्थित एक युवतीले जातीय छुवाछुत कसुर सजाय ऐन २०६८ अनुसार कारवाहीका लागि असोज ५ गते मुद्दा दायर गरेकी छन्।

प्रतिकृया दिनुहोस्