RaraNews

प्रकाशित : २०७७/६/१६ गते
१००० पटक

रूपन्देहीको तिलोत्तमा नगरपालिकामा एक युवतीलाई झुक्याएर गर्भपतन गराई घरनिकाला गरिएको छ। तिलोत्तमा–१४ तीनधुराका २१ वर्षीय शमशेरबहादुर खत्री र उनको परिवारले सिद्धार्थनगर नगरपालिका–४ की १९ वर्षीया समीक्षा ९नाम परिवर्तन० लाई आमाको जातका आधारमा भेदभाव गरी घरनिकाला गरेका हुन्। प्रेम सम्बन्ध रहेकै बेला गत असारमा युवती गर्भवती भएको पत्ता लागेको थियो।

युवतीका बुवा जयसवाल र आमा दलित समुदायअन्तर्गतको नेपाली ९सार्की० जातको भएकाले खत्री परिवारले ती युवतीलाई स्वीकार गर्न नमानेको र झुक्याएर गर्भपतन गराई साउन १८ गते घरनिकाला गरेको भनी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जाहेरी दर्ता भएको छ। विवाहपूर्व नै गर्भवती भएको शंका लागेपछि प्रेमी शमशेरले नै गर्भजाँचको साधन ल्याएर परीक्षण गरेका थिए। त्यतिखेर गर्भवती भएको पत्ता लागेपछि विवाह गर्ने सल्लाह भएको समीक्षाले बताइन्। तर शम्शेरले विवाह नहुँदै गर्भवती हुनु राम्रो नहुने भन्दै गर्भपतनका लागि दबाब दिने गरेका थिए। ‘पेट दुख्ने, बान्ता हुनेजस्ता समस्या आएपछि शम्शेरलाई औषधि ल्याउन लाएर खाएँ,’ समीक्षाले भनिन्, ‘त्यसपछि रगत बग्न थाल्यो।’ असारको अन्तिम सातातिर समीक्षाको रगत धेरै नै बग्न थालेपछि माइती पक्षले गर्भ रहेको जानकारी पाएका थिए। छोरीको स्वास्थ्यमा समस्या आउन थालेपछि घटनाबारे जानकारी पाएको आमा जमुना सार्कीले बताइन्।

‘अर्काकी छोरीलाई गर्भवती बनाई झुक्याएर औषधि खुवाएपछि हामी प्रहरी र वडा कार्यालय गयौैं,’ आमा जमुनाले भनिन्। सिद्धार्थ–४ स्थित चिलिहिया प्रहरी कार्यालयमा यसबारे छलफल भएको थियो। पीडित पक्षले विवाह गरेर लैजान भनेको तर उमेर नपुगेको भन्दै केटा पक्षले नमानेको जनाइएको छ। पीडित पक्षले गर्भवती बनाएर बेवारिसे बनाउन नपाउने अडान लिएपछि प्रहरी र अधिकारकर्मीको रोहबरमा भएको छलफलपछि केटाले युवतीलाई घर लगेका थिए। युवतीका अनुसार उनी प्रेमीको घरमा साउन ५ गते गएकी थिइन्।

‘छोरीसँग केटा हाम्रो घरमा आइरहन्थे। मेरो जात पनि भनेकै थिएँ,’ जमुनाले भनिन्, ‘मेरो छोरीको जीवन बर्बाद भयो, हामीलाई न्याय चाहियो।’ पटकपटक छलफल गरी छोरीको भविष्य अन्धकार नबनाउन आग्रह गर्दा पनि केटा पक्ष नआएपछि न्यायका लागि प्रहरीमा किटानी जाहेरी दिएको पीडित परिवारले बताएको छ।

रक्तश्राव अधिक हुन थालेपछि साउन १४ गते बुटवलस्थित लुम्बिनी नर्सिङ होममा समीक्षाको उपचार गरिएको थियो। त्यहाँ शमशेरका दुई दिदीले उपचारका लागि लगेका थिए। आफ्नो इच्छाविपरित गर्भपतन गराइएको समीक्षाको दाबी छ। उनले प्रमीले घरमा लगे पनि आमाको जात थाहा पाएपछि ‘तल्लो जात’ भन्दै अपमान गर्ने गरेको गुनासो गरिन्। ‘प्रेम सम्बन्ध भएका बेलामा पनि घरमा जाने गरेको थिएँ, त्यतिखेर बुहारी नै भनेर बोलाउनुहुन्थ्यो,’ समीक्षाले भनिन्, ‘विवाह गर्ने बेलामा मधेसी र सार्कीकी छोरी भनेर स्वीकार गरिएन।’ उनले अस्पतालमा दुई महिनाको गर्भ तुहाएपछि साउन १८ गते घरबाट निकालिएको बताइन्। अहिले युवती माइतीको शरणमा छिन्।

‘छोरीसँग केटा हाम्रो घरमा आइरहन्थे। मेरो जात पनि भनेकै थिएँ,’ जमुनाले भनिन्, ‘मेरो छोरीको जीवन बर्बाद भयो, हामीलाई न्याय चाहियो।’ पटकपटक छलफल गरी छोरीको भविष्य अन्धकार नबनाउन आग्रह गर्दा पनि केटा पक्ष नआएपछि न्यायका लागि प्रहरीमा किटानी जाहेरी दिएको पीडित परिवारले बताएको छ। केटा भने अहिले सम्पर्कबाहिर छन्। केटाका दाजु गोविन्द केसीले केटाकेटी दुवैले गल्ती गरेको बताउँदै उमेर नपुगेकाले विवाह गर्न नसकिएको बताए। उनले प्रेमी भनिएका शमशेर १२ वर्षदेखि मानसिक रोगी भएकोसमेत बताए। ‘पटकपटक छलफलमा म आफैं सहभागी भएको छु,’ उनले भने, ‘जातका आधारमा विभेद हामीले गरेका छैनौं, गर्भपतन गराएको बारे मलाई जानकारी छैन।’

जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा असोज ५ गते जातीय विभेद गरि गर्भपतन गराएको अभियोगमा किटानी जाहेरी दर्ता भएको छ। युवतीले केटा ९प्रेमी० शमशेर, केटाका बुवाआमासहित केटाका दुई दिदीलाई विपक्षी बनाई मुद्दा दायर गरेको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताए। उनले अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताए। उनले किटानी जाहेरी परेकाले अभियुक्तहरूको खोजीकार्य भइरहेको बताए।

प्रतिकृया दिनुहोस्