RaraNews

प्रकाशित : २०७७/६/१२ गते
८४५ पटक

सेप्टेम्बर २७ अर्थात आईतबार नासो कम्युनीटी अमेरिकाको महाधिवेसनले राजेन्द्र सेन्चुरीको अध्यक्षतामा १७ सदस्यीय केन्द्रिय कार्य समिति निर्विरोध चयन गरेको छ। भर्चुअल माध्यमवाट भएको अधिबेसनल ३ वर्षको लागि नयाँ कार्य समिती चयन गरेको हो । अमेरिकाका समाजसेवी कृष्ण सोवको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन समितिले नासो कम्युनिटीको कार्यसमिति निर्विरोध निर्वाचित भएको जानकारी दिनुभयो ।नव निर्वाचित कार्यसमिति पदाधिकारीहरुलाई निर्वाचन समितिले भर्च्युअल सफथ ग्रहणको कार्यक्रम समेत सम्पन्न गरेको छ। उक्त अधिबेशनको उदघाटन सत्रको प्रमुख आतित्थ्यता माननीय यूवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले गर्नु भयको थियो। कार्यक्रममा नेपाल र अमेरिकाका विभिन्न संघ संस्थाका प्रमुखहरुको उपस्थिति र शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

नव निर्वाचित कार्यसमिति अध्यक्षमा राजेन्द्र सेन्चुरी,बरिष्ठ उपाध्यक्षमा रवी लाल सुनार,उपाध्यक्षमा अर्जुन बगाले,उपाध्यक्षमा सुक्किम पोख्रेल,उपाध्यक्षमा तिर्थ सेवा,महासचिवमा राजन सुनार,सह सचिवमा सृजना परियार,कोषाध्यक्षमा ज्ञानेन्द्र गहतराज,सह कोषाध्यक्षमा सविता विश्वकर्मा रहनु भएको छ । त्यस्तै केन्द्रिय सदस्यहरुमा कुल विश्वकर्मा,कृष्ण बि के, टाम बि क, सपन कुमार एन्जेल, निस्ता लोहनी, मणि लाल सेन्चुरी, अमीरी मोची र नारायण गायक रहनु भएको छ । नासो कम्युनीटीले अमेरीकामा रहेर बिभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्