RaraNews

प्रकाशित : २०७७/७/१९ गते
६२० पटक

बिपतबाट बिस्थापित भएका नागरिकहरुलाई पुनस्थापित गर्न सरकारका तिनै तहका निकाय र सरोकारवालाहरुले समयमै समन्वय गरि बेलैमा समस्या समाधान गर्न हातेमालो गर्नुु पर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । जागरण मिडिया सेन्टरको साप्ताहिक कार्यक्रम कटुवाल रेडियो पत्रिकासंगको छलफलमा बोल्दै राष्ट्रिय बिपद जोखिम न्युनिकरण तथा व्यबस्थापन प्राधिकरण उपसचिब तथा प्रबक्ता जनार्दन गौतम, खानी तथा भुर्गव बिभागका बरिष्ठ भू—वैज्ञानिक शिब कुमार बास्कोटा,सिन्धुपाल्चोक जिल्ला समन्वय समिती उपप्रमुख बालकुमारी सापकोटा, बाग्लुङ ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले सो कुरामा जोड दिएका हुन् ।


राष्ट्रिय बिपद जोखिम न्युनिकरण तथा व्यबस्थापन प्राधिकरण उपसचिब तथा प्रबक्ता जनार्दन गौतमले प्राकृतिक बिपत्तीबाट नेपालमा बर्षेनी ठुलो जनधनको क्षति हुने गरेको बताउनु भयो ।त्यसको परिणाम स्वरुप हजारै परिवार बेघरवार हुनु परेको अबस्था छ । मनसुन शुरु भएदेखि अहिले सम्म भने बाढी,पहिरो र चट्टानका कारण मृत्यु हुनेमा ३४०जना ,वेपत्ता ९९ जना र घाईते २५८ जना रहेको बताउनु भयो । त्यस्तै बिस्थापितहरुलाई पुर्नस्थापित गराउन भुगर्भ विद्हरुको स्थलगत अध्ययन तथा रिर्पोटमा आधारित रहेर राष्ट्रिय पुर्न निमार्ण प्राधिकरण ,बिपद व्यबस्थापन समिती विच समन्वय गरि कार्यविधि बनाएर बस्ति स्थानान्तर तथा पुर्ननिमार्ण गर्नु पर्ने कुरामा जोड दिनु भयो । उहांले भन्नु भयो “ नेपाल सरकार गृहमन्त्रालयले विपत सम्बन्धि कार्यबिधी बनाउन लागेकाले केहि दिनमा त्यो कार्यबिधि पास भैसके पछि पुर्नस्थापनाको काम अगाडि बढ्छ ।” भुकम्प प्रभावितहरुको जस्तै कार्यबिधि बन्ने र सोही अनुरुप प्रभाबितहरुलाई जिम्मेवार बनाएर जीविकोपार्जन सहित बिपत प्रतिरोधि पुननिर्माण हुने उहाँले जानकारी दिनु भयो । विपत व्यबस्थापनमा पिडित, सरोकारवाला संघसंस्था र सरकारका तिनै तहको समन्वय हुनु आबश्यक रहेको बताउनु भयो । त्यसमा पनि स्थानियतह ले बढि जिम्मेवार बन्न आग्रह गर्नुभयो ।


त्यस्तै ,खानी तथा भुर्गव बिभागका बरिष्ठ भू—वैज्ञानिक शिब कुमार बास्कोटाले तत्काल के कति जाखिम छ त्यसको स्थलगत रिर्पाेट र डाटा संकलन गर्ने र बस्ति स्थानान्तरका लागि अन्य विकल्पको प्रारम्भिक अध्ययन भएकाले त्यहांको आर्थिक,सामाजिक तथा सबै परिबेशलाई मिलाई जति सक्दो छिटो अगाडि बढाउनु पर्ने जिकीर गर्नु भयो । “हामी बसेका अधिकाम्श भुभाग कुनै कुनै विपत बाट अछुतो नरहेकाले त्यसको जोखिम बाट जोगिनका लागि स्थानियतहमा जनचेतना जगाउनु पर्छ ।तराईका नदि किनार,चुरे क्षेत्र र पहाडका अप्ठारो भुभागमा बस्ति नबसाल्नका आम नसमुदायलाई सचेत बनाउनु पर्ने कुरामा जोड दिनु भयो ।”


कार्यक्रममा सिन्धुपाल्चोक जिल्ला समन्वय समिती उपप्रमुख बालकुमारी सापकोटाले प्राकृतिक बिपत्तीको केन्द्र सिन्धुपाल्चोक जिल्ला भनेर पछिल्लो चरणमा चिनीएको बताउनु भयो । उहांले भन्नु भयो “कहिले भुकम्प, सुख्खा पहिरो त कहिले बाढी पहिरोले सताउने गरेकाले सिन्धुपाल्चोक जिल्ला र नागरिकहरु प्राकृतिक बिपत्तीको सिकार हुनुपरेको छ ।समस्या समाधानका लागि बिपत व्यबस्थापन सम्बन्धि कार्ययोजना बनाई काम गरिरहेका छौ।”प्रभाबितहरुको बस्ति स्थानान्तरको प्रक्रियालाई व्यबस्थित बनाउन सरकारका तिनै तह र सरोकारवाला निकाय संग छलफल चलिरहेको छ ।उहांले “जीबिको पार्जनको विकल्प सहित सुरक्षित र व्यवस्थित आवासमा पुर्नस्थापना गर्ने हुदां नागरिकहरु ढुक्क हुन आग्रह गर्नु भयो ।”


त्यस्तै बाग्लुङ ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले नेपालमा प्राकृतिक बिपत्तीले बर्षेनी क्षती ठुलो हुने गरेता पनि त्यसको रोकथाम तथा न्युनिकरणका लागि कुनै ठोस योजना नभएको बताउनु भयो ।उहांले भन्नु भयो “स्थानिय तहमा हुने यस्ता विपतलाई समाधान गर्नका लागि सबै सरोकारवाला निकायले सरकारका तिनै तहसंग समन्वय गर्नु पर्ने बताउनु भयो ।नगर भित्र रहेका विपत प्रभाबितहरुलाई व्यस्थापनका लागि घटनाको प्रकृति अनुसार पुर्ननिमार्ण र पुर्नस्थापना गर्न बजेट संकलन कार्यमा जुटिरहेकाले अब छिट्टै नै भौतिक संरचना निर्माण कार्य शुरु गर्ने कुरा व्यक्त गर्नु भयो ।त्यस्तै शुरक्षित र व्यबस्थित बिकास सहितको बस्ति पुर्नस्थापनाका लागि प्रदेश र संघ संग आफुले छलफल गरेको बताउदै एक परिवार एक नया ंघर निमार्ण गर्न नगरपालीकाले योजना बनाएकोले आफ्ना नागरिकलाई स्थानिय तहलाई भरोसा गर्न आग्रह गर्नु भयो ।

प्रतिकृया दिनुहोस्