कोरोना संक्रमणका कारण अन्योलमा रहेको शैक्षिक क्षेत्र अब भने वैकल्पिक विधिबाट भए पनि कक्षा संचालन गर्नुको बिकल्प नभएको सरोकारवालाहरुले जोड दिएका छन । जागरण मिडिया सेन्टरको साप्ताहिक कार्यक्रम कटुवाल रेडियो पत्रिकासंग बोल्दै शिक्षा तथा मानब स्रोत विकास केन्द्रका महानिर्देशक डा.तुल्सी प्रसाद थपलियो ,शिक्षा तथा सामाजिक विकास निर्देशनालय प्रदेश न.५ का प्रवक्ता तथा उप सचिव भोज बहादुर के.सी ,कपिलबस्तु वाणगंगा नगरपालिका उपप्रमुख चक्रपाणी अर्याल, समाजशास्त्री सम्झना वाग्ले, नेपाल शिक्षक महासंघका टिका देवि राई,सामुदायिक विद्यालय अभिभावक संघ महिला उपाध्यक्ष सीता सुवेदी र समाजमा वातावरणीय शिक्षाको विकास (सिड)दाङका कार्यक्रम संयोजक माधबराज चौधरीले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै शिक्षा तथा मानब स्रोत विकास केन्द्रका महानिर्देशक डा.तुल्सी प्रसाद थपलियाले कोरोना संक्रमणका कारण विद्यालय खोल्ने कुनै आधार सिर्जना नभएका कारण अब वैकल्पिक शिक्षामा जोड दिनु पर्ने बताउनु भयो ।उहाँले भन्नु भयो “पाठ्यक्रमको समायोजन संकुचन गर्ने,नीति निर्देशिकाहरु बनाउने,प्रबिधिमा आधारित सामाग्रिहरुको विकास गर्ने जस्ता कामहरु संघिय सरकारको गर्ने भएकाले यसको निमार्ण र व्यबस्थापनमा क्रियाशिल रहेका छौं ।” त्यसको लागि विद्यार्थीलाई पाँच समूहमा वर्गीकरण गरेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यार्थी सिकाई सहजीकरण निर्देशिका’ जारी गरेको छ ।सरकारको यो तयारी र निर्णयले कोरोना संकटसँगै वैकल्पिक शिक्षा पद्धति द्धारा शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गरिने हुदा शैक्षिक सत्र खेर जान नदिन स्थानिय तह ,शिक्षक,अभिभावक र बिद्यार्थीको महत्वपुर्ण भुमिका हुनेछ । त्यसैले सबै बिद्यार्थीलाई वैकल्पिक शिक्षाको पहुंचमा पु¥याउन सरोकावाला सबैले हातेमालो गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा शिक्षा तथा सामाजिक विकास निर्देशनालय प्रदेश न.५ का प्रवक्ता तथा उप सचिव भोज बहादुर के.सीले वैकल्पिक शिक्षा आजको आबश्यकता भएको बताउनु भयो । कोरोना संक्रमण समुदाय स्तरमा फैलिए संगै बिद्यालय खोल्ने,पठनपाठन सञ्चालन गर्ने अबस्था नभएका कारण बिद्यार्थीको भविष्य अन्यौल हुन नदिनका लागि पनि वैकल्पिक शिक्षा अपरिहार्य भएको छ । वैकल्पिक शिक्षालाई प्रभाबकारी बनाउन स्थानिय तह र सरोकारवाला निकायहरु संग छलफल संगै संघ र स्थानिय तहको शिक्षा नीतिलाई बिद्यालय तहमा प्रभाबकारीरुपमा कार्यान्वयन ग¥र्याउन समन्वयकारी भुमिका खेलेकाले शैक्षिक सत्र खेर नजाने कुरामा ढुक्क हुन सबैलाई आग्रह गर्नु भयो ।
त्यस्तै कपिलबस्तुको वाणगंगा नगरपालिका उपप्रमुख चक्रपाणी अर्यालले कोरोनाका कारण स्थगित भएको शैक्षिक कार्यक्रमलाई पुनसुचारु गर्न स्थानिय तहको शिक्षा शाखा मार्फत स्थानिय रेडियो र टेलिभिजन मार्फत शैक्षिक कार्यक्रम सञ्चालन गरेको भए पनि यसको पहुंचमा सबै बिद्यार्थी नभएकाले कुनै एक बिधीको पहुचमा बिद्यार्थीलाई पु¥यार शैक्षिक गतिबिधी सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयोे ।उहाँले भन्नु भयो “सरकारको नीति र स्थानीय आबश्यकता अनुसार शैक्षिक क्रियाकलाप थप प्रभाबकारी बनाउदै लैजाने हो । त्यस्तै ,समाजशास्त्री सम्झना वाग्लेले कोरोना महामारीका कारण बिद्यालय ठप्प भएकाले अब बिद्यार्थीको मनोभावना बुझेर मात्र शिक्षण सिकाई क्रियाकलाप गर्नु पर्ने कुरामा जोड दिनुभयो ।“सिकाई निरन्तर चल्ने प्रक्रिया भएकाले बिद्यालयमा मात्र सिक्न सकिन्छ भन्ने भ्रम बिद्यार्थीको मानसिकताबाट चिर्न सके मात्र बैकल्पिक शिक्षा कार्यक्रम सफल हुनेछ, होईन भने शिक्षामा खासै प्रभावकारी हुने छैन ।”
कार्यक्रममा समाजमा वातावरणीय शिक्षाको विकास (सिड)दाङका कार्यक्रम संयोजक माधब राज चौधरीले कोरोना कहरमा बन्द भएका बिद्यालय सुचारु गर्न बैकल्पिक शिक्षा आवश्यक भएपनि धेरै जसो स्थानियतहका ग्रामिण भेगका बिद्यार्थीहरु सुचना र सञ्चारको पहुंच भन्दा बाहिर भएकाले त्यसको पनि विकल्प खाज्नु पर्ने कुरामा जोड दिनु भयो ।शिक्षामा सबैको साझा पहुंच हुनुपर्ने भए पनि त्यसका लागि स्थानिय सरकारले समन्वयकारी भुमिका खेल्न नसकेको गुनासो गर्नु भयो ।
नेपाल शिक्षक महासंघका टिकादेवि राईले एकातिर कोरोना महामारी अर्काे तिर नेपालको भौगोलिकबिकटताका कारण बैकल्पिक शिक्षण सिकाई प्रभाबकारी नहुने हो कि भन्ने मा आशंका रहेको बताउनु भयो । शैक्षिक सत्र खेर जान नदिन सरकारका तिनै तह,अभिभाबक र शिक्षकले समन्वय गरेर स्वास्थ्य सर्तकता अपनाएर वैकल्पिक बिधी मध्ये टोल शिक्षा तथा बिद्यालय शिक्षामा पाठ्यसामाग्रि पु¥याउने र परिस्थिाति अनुरुप बिद्यार्थी हरुको पढाईमा निरन्तरता दिनुपर्ने कुरामा जोड दिनु भयो ।
सामुदायिक विद्यालय अभिभावक संघ महिला उपाध्यक्ष सीता सुवेदीले कोरोना संक्रमणको त्रास र बन्दाबन्दीका कारण शैक्षिक सत्र शुरु भएपनि पठन पाठन सञ्चालन हुन नसकेको कारण निर्धारित समयमा पढाई र परीक्षा नहुँदा बिद्यार्थीको भविष्यसंगै अभिभावक पनि अन्योलमा परेको बताउनु भयो । बिद्यालय खुल्ने कुनै टुङ्गो नभए पछि फुर्सदको समयमा कतिपय बिद्यार्थीले भने घरमा बसेर बिभिन्न सिर्जनात्मक काम गरेर नयाँ अनुभब बटुलेका छन् ।बालबालिकाको लागि घर पहिलो पाठशाला भएकाले अभिभाबकले आफ्ना बालबालिकाले कहाँ के गरेका छन् भनि निगरानी राखी प्रतिभाको पहिचान गरि सोहि अनुसार शिक्षण गर्नु पर्छ । वैकल्पिक शिक्षाको पहुंचमा सबै बिद्यार्थीलाई पु¥र्याउन सबैले समन्वयकारी भुमिका खेल्नु पर्छ ।आर्थिक अभाब,भौगोलिक विकटता लगाएतका बिषयले बिद्यार्थीहरु बैकल्पिक शिक्षाको पहुंचमा नभएका कारण उक्त कार्यक्रम प्रभाकारी बनाउन सामुहिक छलफल र खुला बहसमा जुट्नु पर्ने कुरा व्यक्त गर्नु भयो ।