RaraNews

प्रकाशित : २०७७/६/५ गते
१०३८ पटक

प्रदेश नं. २ मा दलित समुदाय माथी सृङ्खलाबद्ध घटनाहरु भैरहेका छन । यस सवालमा प्रदेश नं.२ का प्रदेश प्रमुख तिलक परियारसंग हामीले कुराकानी गरेका छौ । उहाँलाई हामीले यहाँ जिम्मेवार निकायमा हुनुहुन्छ मधेशि दलित समुदायमा भएका सृङ्खलाबद्ध घटनाबारे जानकार हुनुहुन्छ नि ? भनेर सोधेका छौ ।


अहिले प्रदेश न.२ मा रहेका ८ वटै जिल्लामा घटेका घटनाहरुबारे जानकारी लिएको छु । ति घटनाहरुको रिर्पोट आए अनुसार सम्बन्धित निकायमा जानकारी गराउने ,समस्या समाधान गर्न सरकारलाई निर्देशन दिने काम भैरहेको छ ।


केहि महिना यता तराईमा १४ वटा घटना घटेका छन् । ती मध्ये कतिपय घटना दर्ता प्रक्रियामै समस्या देखिएको छ । तपाईले दर्ता प्रक्रियामा कस्तो किसिमको पहल गर्नु भएको छ ?


दर्ता प्रक्रिया कतिपयमा ठाउँमा पुरानै सोच विचार भएका कर्मचारीतन्त्रका कारण केहि विलम्ब भएका छन् । तर त्यसलाई पनि सम्बन्धित सिडियो,प्रहरी प्रमुखहरुलाई दलित सम्बन्धि घटनाहरुलाई गम्भिरतापुर्वक छानविन गरि सत्य,तथ्य पत्ता लगाई दोषीलाई कार्वाही र निर्दाेषलाई न्याय दिन निर्देशन गरेको छु । प्रदेश नं.२ सरकारले प्रदेशका मन्त्रीहरुलाई सामुहिक रुपमै राखेर सुचना सम्प्रेषण गरेका छौं । प्रदेशका उच्च तहको जिम्मेवारी सम्हालेका नेतृत्वहरुको भेलामा दलित समुदायका व्यक्तिहरुको यो वा त्यो वहानामा लगातार हत्या भैरहेको बिषयमा गम्भिर छलफल पनि भएको छ । २ नं प्रदेशमा दलित समुदाय माथी घटेका घटनामा देशभरका दलित समुदायले संकाको दृष्टिले हेर्नु स्वभाविक हो । दलित समुदायलाई राज्यले संरक्षण गर्न नसकेको हो कि भन्ने आंशका मेटाउनका निम्ती हाम्रो प्रदेश सरकारले पुर्णरुपले काम गर्ने प्रतिबद्धता गरेको छ । बलत्कार, हत्या, हिंसा लगाएत विभिन्न ठाउँमा घटेका घटनाका विरुद्ध आन्तरिक मामिला तथा कानुन मन्त्रीको नेतृत्वमा ५ सदस्यीय कार्यादल गठन गरेको छ ।कार्यादलले १५ दिन भित्र रिर्पाेट ल्याउने छ । छिटो भन्दा छिटो घटनाको छानबिन गरि रिर्पाेट आयो भने प्रदेश सरकारको तर्फकाट उचित कार्वाहिको प्रकृयामा अगाडि बढ्छ ।


तपाईले प्रदेश सरकारको महत्वपुर्ण भुमिका निर्वाहा गर्नु भएको छ, तर त्यहाँनै दलित समुदाय माथी श्रृङ्खलाबद्धरुपले घटनाहरु घटिरहेका छन् । जसले गर्दा दलित समुदायले तपाईको भुमिका माथि प्रश्न उठाएका छन यसमा के भन्नु हुन्छ?

हो , तपाईको मिडिया मार्फत आम नेपालीहरुमा के अपिल गर्दछु भने मेरो हैसियत र जिम्मेवारी अनुशार संबिधानको दायरा भित्र रहेर बोल्नु पर्ने हुन्छ ।त्यसको अर्थ यो होईन की म दलित समुदाय माथी भैरहेको बिभेद, हत्या हिंसाका घटना प्रति मेरो कुनै ध्यानाकर्षण भएन भन्ने हैन । मैले हरेक घटनालाई नजिकबाट नियालेको छु । दलित समुदायको व्यक्तिहरु मध्ये सबै भन्दा उच्च पदमा रहेको हैसियतका साथै विगत लामो समय देखि दलित आन्दोलनको प्रमुख नेतृत्व गर्दै हाम्रो समुदायका लागि काम गरिहेको छु । हाम्रो प्रदेशका ८ वटै जिल्लामा घट्ने घटनाहरुको प्रत्यक्ष सरोकार राख्ने गरेका छु ।सरकारलाई घटनालाई प्राथमिकता दिएर काम गर्न भनिरहेको छु । अहिले प्रदेश सरकारले त्यहि अनुरुप कदम चालेको छ । दलित समुदाय माथी भएको हत्या,हिंसा,अन्याय र अत्याचारलाई गम्भिरतापुर्वक लिएको छ । समस्या समाधानका लागि पहल गरिरहेको छु । जति सक्दो छिटो दोषीलाई कार्वाही हुनेछ ।


तपाई प्रदेश प्रमुख हुदा देशभरकै दलित समुदाय निकै खुसिभएका थिए ।तर त्यहि समुदायमाथी श्रृङ्खलाबद्धरुपमा हत्या का घटनाहरु घटिरहेको अबस्थामा पिडितलाई न्याय दिलाउन र यस्ता घटना हुन नदिनका लागि तपाईको कस्तो भुमिका रहन्छ ?

सर्वप्रथम त कानुन निमार्ण गर्ने हो । कानुन निमार्णलाई प्रमाणिकरण गर्दै बनेको कानुनलाई सहि गलत हेर्ने, दलित, महिला, सिमान्तकृत वर्गका साथै पछाडि परेको वर्ग समुदायको हितमा बन्यो कि बनेन भन्ने कुरा अध्ययन गरेर दलित,गरिब मैत्रि कानुन बनाउन निर्देशन गर्ने, दलित तथा आम जनताको हितमा बनेर आएको कानुन निति नियमलाई प्रमाणित गर्ने मेरो पहिलो काम हो भने कार्यान्वयन गर्ने सवाल कार्याकारी जिम्बेवारी प्रदेश सरकारको हो । प्रदेश सरकारका मातहतमा रहेका विभिन्न तह र कार्यालयलाई उक्त निती नियम कार्यान्वयन गर्नका लागि सल्लाह ,सुझाब सहित सचेत बनाएको छु । न्याय दिलाउन छानविन समिती अर्थात कार्यदल गठन भएको छ । छानविनकै आधारमा कार्वाही प्रक्रिया अगाडि बढ्छ । अन्यायमा परेका हरुलाई न्याय दिलाउने छौं भने त्यस्ता घटना नदोहोरियोस् भनि दलित सशक्तिकरण समिती बनाएका छौं । मुख्यमन्त्रिकै नेतृत्वमा प्रदेशसभाका दलित शासदहरुलाई सामेल ग¥याएर प्रदेशका प्रहरी प्रमुख ,कानुन मन्त्रि समेत सम्मीलित भएर अनुगमन समिती बनाएका छौं ।यो समितीले भबिष्यमा यस्ता घटना नदोहोरियोस् भनि विभिन्न कार्य गरिहेको छ । अब छिटो त्यसको परिणाम आउने छ । २ न. प्रदेशका सम्पुर्ण उत्पीडित वर्ग,समुदायलाई सरकारले न्याय दिन्छ ।कोहि नेपाली अन्यायमा नपरोस भनि जनताको हितमा काम गर्ने छौं ,सरकार सधै जनताको साथमा साथमा छ ।

प्रतिकृया दिनुहोस्