RaraNews

प्रकाशित : २०७७/५/१५ गते
१२०५ पटक

कोरोना संक्रमित स्वास्थ्यकर्मी लगायत अन्यलाई समाजले बिभेद ,हेला र घृणा गरेको खबर आईरहदा बुटवल उप महानगरपालीकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले भने होम क्वारेन्टिन र आईसुलेशनमा बसेका कोरोना संक्रमितहरुको हौसला बढाउन घर घरमा पुगेर स्वास्थ्य स्थिति बुझ्ने र मनोबल बढाउने काममा सकारात्मक भुमिका खेलेको छ । यसै बिषयमा हामीले उप महानगरपालीकाका उपप्रमुख गुमादेवी आचार्यसंग कुराकानी गरेका छौ ।

हिजो आज के गर्दै हुनुहुन्छ ?

अहिले हामी घरदैलो अभियानकै क्रममा बुटवल उपमहानगरपालीकाको वडा नम्बर १३ मा होम क्वारेन्टिन र आईसुलेशनमा बसेका कोरोना संक्रमित नागरिकहरुको स्वास्थ्य स्थिति के रहेको छ , उहांहरुलाई छिमेकीबाट के,कस्तो र कसरी सहयोग पाउनु भएको छ भन्ने बिषयमा भेटघाटमै छौ ।

कस्तो पाउनु भयो उहाँहरुको प्रतिक्रिया र छिमेकीहरुको सहयोग ?


एकदम राम्रो छ,छिमेकीहरु पनि सौहार्दपुर्णरुपले सहयोग गर्नुभएको छ । जुन बजारमा आएको हल्ला भन्दा ठिक विपरित छ ,यो रोग केहि हाईन,हामी अनुशासनमा रहेर नियमको पालना गरेर बस्न सक्यौ भने यसलाई जित्न सक्छौं भन्ने उहाँहरुको भनाई छ भने बिरामीहरुमा पनि कुनै किसीमको लक्षण देखिएको छैन् ।कमजोर महशुस गर्ने, रुने ,आत्मागलानी जस्ता कुनै पनि कुरा गर्नु भएन । उहाँहरु आत्म विश्वासका साथ रोग संग लडिरहनु भएको छ भने छिमेकीहरुले पनि त्यस्तो दुरव्यबहार गर्नु भएको छैन ।संक्रमितको हौषला बढाउन छिकेकीहरुले दुरी कायम गरेर कोरोना लाई जित्न सकिन्छ भनि कुराकानी गर्ने गरेको प्रस्टै संग देखियो ।बाहिर आएको जस्तो त्यस्तो नराम्रो केहि छैन् ।

संक्रमितहरु लाई हौसला दिन घर दैलो अभियानमा हिड्नु भएको कति समय भयो ?


हामी भदौ ३ गते बाट घर दैलो अभियानमा हिडेका छौं । जहाँ कोरोना पाजेटिभ देखिएका हुनुहुन्छ तर लक्षण नदेखिएको उहाँहरुलाई आइसुलेसनमा कसैलाई एन्फा एकेडमीमा र लक्षण देखिएको नागरिकलाई धागो कारखानाको आईसुलेसनमा पठाउने काम भएको छ ।त्यस्तै लक्षण नदेखिएको तर घरमा बस्ने राम्रो व्यबस्था छ भने उहाँंहरुलाई घरमै व्यबस्थापन गर्ने जसको सहजीकरण वडा समिती,टोल बिकास संस्थाले गर्नु भएको छ ।हामी जनप्रतिनिधि भएका हिसाबले बेला बेलामा उहाँहरु भेटघाट संगैे स्वास्थ्य अबस्थाको जानकारी लिन घर सम्म पुग्ने गरेका छौ । बिशेष गरेर हाम्रा स्वास्थ्य क्षेत्रका कर्मचारी साथीहरुले नियमितरुपमा स्वास्थ्यबारे चेकजाच र अपडेट गर्नुभएको छ ।उहाँहरुको रोग प्रतिरोधात्मक क्षमता बढाउन विभिन्न बिज्ञहरुको अनुसन्धान बाट प्रमाणित गरेर तयार भएको औषधीहरु छ ।जस्तैःअमलाचुर्ण,गुर्जाे च्यावनप्रास,अशोकगन्धा र सिटामोल लगाएतका औषधीहरु लिएर संक्रमितको घर घरमा गएका छौं । एउटा आधार पत्र नियमित र अनुशासित भएर नियमको पालना गर्ने हो भने यो रोगलाई सजिलै जित्न सकिन्छ भनि हौसला बढाउनका निम्ति पत्र पनि लिएर गएका छौ । त्यो पत्रमा औषधी कसरी खाने,बिहान उठे देखि सांझ सुत्ने बेला सम्म के के गर्ने,बेसिक व्यायाम र दैनिक दिनचर्यालाई कसरी व्यबस्थापन गर्ने भन्ने पत्रमा स्पष्ट तरिकाले लेखेका छौं ।संक्रमित व्यक्तिले पनि हामीले भनेका कुराहरु कार्यान्वयन पनि गर्नु भएको छ । त्यसैले सबै सन्तुष्ट हुनुहुन्छ ।योगा,साधाना नगर्नेहरुले पनि गर्नुभएको छ ।

तपाईहरुले पत्र सहित घरदैलो अभियानमा जादा संक्रमित ,घरपरिवार र समुदायको प्रतिक्रिया कस्तो पाउनुभयो ?


प्रतिक्रिया सरल सभ्य र राम्रो पाएका छौ । नगरपालीकाले अभिभाबकीय जिम्मेवारी पुरा गर्नुका साथै भेटघाटले आफुहरुको आत्मबल बढेको उहाँंहरुले सकरात्मक विचारहरु राख्नु भयो , छिमेकहिरु पनि खुसि हुनुभयो ।

कतिपय स्थानमा कारोना संक्रमितहरुलाई दुरव्यबहार भएको कुरा सार्वजनिक भैरहेका बेला बुटवल उपमहानगरपालीका यसरी नमुना काम गर्न कसरी प्ररित हुनु भयो?


बुटवल उप महानगरपालीकाले नागरिकसंग जोडिनका लागि बिभिन्न कार्यक्रमहरु पहिला पनि गरेका छौं ।गर्भवती र सुत्केरी महिला भेटघाट कार्यक्रम, जेष्ठ नागरिक स्वास्थ्य सेवा तथा भेटघाट कार्यक्रम, लगाएत थुप्रै कार्यक्रम लिएर आएका छौ । अहिले पनि नागरिकको स्वास्थ्य संबेदनसिलतासंग जोडिएको कुरा भएकाले पनि कारोना पोजेटिभ भएकाहरुको मानसिक र शारीरिक रुपमा कमजोर हुनुभएको हुन्छ ।त्यसैले उहाँहरुको आत्मबल बढाउन ,हौसला प्रदान गर्न घर सम्म पुग्नु पर्छ भन्ने विचारले यो कार्यक्रम चलाएका हौ । यो एक सरुवा रोग भएकाले सामाजिक दुरी कायम गर्ने ,अनुशासित भएर नियमको पालना गर्ने हो भने यो रोगबाट निको हुन सकिन्छ । आत्तिनु हुदैन ,मन शान्त सरल बनाउनु पर्छ ।

प्रतिकृया दिनुहोस्