RaraNews

प्रकाशित : २०७७/५/१५ गते
१३७१ पटक

स्वास्थ्य सेवा माथि सर्वसाधारण नागरिकहरुको पहुँच सुनिश्चित गर्न तथा निशेधाज्ञाको विकल्प खोज्न तीन दर्जन बढि नागरिक संस्थाहरुले संयुक्त रुपमा अपील गरेका छन । उनीहरुले कोरोना भाईरसको माहामारी बढ्दै जादा सर्वसाधारण नागरिकहरुको स्वास्थ्य सेवामा पहुच नपुगेको र बिकल्प बिनाको निशेधाज्ञाले गरिब,बिपन्न तथा दैनिक ज्यालादारी गरि खाने वर्ग नराम्रोसंग प्रभावित भएकाले यस बिषयमा सरकारको ध्यानर्कष गराउदै निशेधाज्ञाको विकल्प खोज्न अपिल गरेका हुन । लकडाउन यताको मृत्युदरको आकडा हेर्ने हो भने कोभिडका कारणले भन्दा यसले सृजना गरेका विभिन्न परिस्थितिका कारण धेरै भएको विज्ञप्तिमा उल्लेख छ । सर्वससाधारण नागरिकको बाच्न पाउने हक तथा स्वास्थ्य सेवा माथिको समान पहुचका लागि उनीहरुले विज्ञप्ति मार्फत जोडदार माग गरेका छन ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो सुचना बमोजिम आइसोलेसन बेड, आइससीयु तथा भेन्टिलेटरको सुविधा प्रयोग गर्ने सन्दर्भमा स्वास्थ्य मन्त्रालयका सीमित पदाधिकारीको सिफारिस आवश्यक पर्ने विषयमा केन्द्रिकृत शासनको अभ्यास भएको उनीहरुको धारणा रहेको छ ।

नेपालको संविधान र संघीय कानुनले समेत स्वास्थ्य सेवा माथिको पहंचका लागि प्रदेश र स्थानीय सरकारलाई जिम्मेवार बनाउदै लगेकोमा यो निर्णयले संघीय कानुनलाई नै चुनौति दिएको उनीहरुको ठम्याई छ । नेपालको भौगोलिक अवस्था, सरकारी निकायसम्मको हालसम्मको नागरिकको पहुँचको अवस्था लगायतका कारण उक्त सिफारिस लिने प्रावधान सर्वसाधारणको पहुँचभन्दा बाहिर पर्ने उनीहरुको ठहर छ।

निशेधाज्ञाले विशेषगरी दीर्घरोगी, सुत्केरी, गर्भवती र अन्य आकस्मिक बिरामीहरु औषधि उपचार नपाई अकालमै ज्यान जाने अवस्था विद्यमान भएकोले त्यस्ता व्यक्तिको स्वास्थ्य उपचार तथा अवस्था अनुसारको पोषणयुक्त खाना तथा आवश्यकता अनुसारको यातायातका साधन माथिको सहज पहुँचको सुनिश्चितता गर्न उनीहरुले माग गरेका छन्।


स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो सूचनामा कोरोनाका संक्रमित बिरामीलाई कोरोना लागेको पुष्टि भएमा १० दिनमा कोरोनाको परीक्षण गर्ने र त्यसपछि थप चारदिनसम्म मात्र अस्पताल तथा आइसोलेशनमा राख्ने र त्यसपछि बिना परीक्षण नै घर पठाउने गरी गरेको निर्देशनले घरमा अलग्गै बस्ने कोठा र अलग्गै शौचालय नभएका परिवारमा कोरोना सर्ने सम्भावना र सोको सन्त्रास बढ्ने भएकोले त्यस्तो अवस्थाका व्यक्तिहरुलाई कोरोनाको रिर्पोट नेगेटिभ आएपछि मात्र घर पठाउने व्यवस्था गर्न उनीहरुले माग गरेका छन्।


उनीहरुले कोभिडको उपचारका लागि निजी अस्पतालको पनि प्रयोग गर्न आग्रह गरेका छन्। निकट भविष्यको अवस्थाको आंकलन गरी कोरोना विशेष अस्पतालको संख्यासहित, पीसीआर, आइसीयु, भेन्टिलेटर तथा आइसोलेसन र क्वारेन्टिनको संख्या बृद्धि गर्न र त्यस्ता सेवाहरु उपलब्ध गराउँदा महिला, अशक्तता भएका व्यक्ति र अपांगताको अवस्थालाई समेत मध्यनजर गरी संरचना र सेवाहरु उपलब्ध गराउन उनीहरुले आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्