RaraNews

प्रकाशित : २०७७/५/१५ गते
९५८ पटक

 दलित हत्या काण्डको आगो सेलाउन नपाउँदै पुनः रौतहटमा एक महिलाको हत्या गरिएको खवर बाहिर आएको छ । 

आईतबार रौतहटको गढिमाई नगरपालिका वडा नं. ३ मा कुटपिट गरी सलले घाँटीमा बेरिएर उखु बारिमा मारेक‍ो अबस्थामा शव फेला परेको बताइएको छ । गढिमाई नगरपालिका वडा नं. ३ लक्ष्मीपुर बस्ने सकल बैठाको ४० वर्षिया श्रीमति मिन्त्री देवि बैठाको कुटपिट गरी सलले घाँटीमा बेरेर हत्या गरेको अवस्थामा भेटिएको हो । 


बिहान करिब ११ बजे घाँस लिन घरबाट निस्केको मिन्त्रीलाई एकान्त स्थानमा रहेको उखु बारिमा उनले लगाएको पछ्यौरीले घाँटिमा बेरेर मारेको बताइएको छ । उनको शव एक स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेको थियो । अहिले जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको जनाइएको छ । 

प्रतिकृया दिनुहोस्