RaraNews

प्रकाशित : २०७७/५/११ गते
१५९४ पटक

रौतहट प्रहरी हिरासतमा यातनाका कारण विजय रामको ज्यान गएको भन्दै मृतकका परिवार तथा दलित अधिकारकर्मीहरुले निष्पक्ष छानबिनको माग गर्दै तत्काल पोष्टम्याटम गर्न नमिल्ने अडान राखेका छन । उनीहरुले प्रहरी हिरासतमा रहेका १९ वर्षिय बिजय रामले प्रहरीकै यातनाका कारण ज्यान गुमाउनु परेको भन्दै निष्पक्ष छानबिनमा शंका व्यक्त गरेका छन । उनीहरुले तत्काल त्यहाँ पोष्टम्याटम गर्न नदिन वीरगंञ्ज नेशनल मेडिकल कलेजमा भेला भएका छन ।

नेशनल मेडिकल कलेज पुग्नु भएका दलित अधिकारकर्मी मनोज रामले भन्नु भयो “यहाँ निष्पक्ष छानबिनमा शंका छ त्यसैले हामीले पोष्टम्याटमका लागि काठमाडौ लैजान माग गरेका छौ,छिमेकी जिल्लाबाट साथीहरु पनि आउदै हुनुहुन्छ हामी छलफलमै छौ । ”


कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर हिरासतमा रहेका विजय राम भदौ १ गते स्थानीय निरञ्जन रामको हत्या आरोपमा पक्राउ परेका थिए । गत साउन ३२ गते रौतहटको गरुडा नगरपालिका ८ जिगंडवाका २० वर्षीय निरञ्जन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा राम पक्राउ परेका हुन । रामको उपचारको क्रममा बुधवार राति वीरगञ्जको नेशनल मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ ।प्रहरीले हत्याको आरोपमा रामसहित सात जनालाई पक्राउ गरेको थियो । हत्याको मुख्य दोषीलाई जोगाउन प्रहरीले निर्दोष व्यक्तिलाई पक्राउ गरी चरम यातना दिएको स्थानीय तथा दलित अधिकारकर्मीहरुको आरोप छ । प्रहरीले कुटपिट गरेपछि गम्भिर घाईते भएका रामको मृत्यू भएको स्थानीय बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक रविराज खड्काले किड्नीमा समस्या रहेकोले रामलाई थप उपचारको लागि वीरगञ्ज पठाएको र उपचारकै क्रममा मृत्यु भएको बताउनुभएको छन् ।


यसैबिच बिभिन्न संघसंस्था र राजनितीक दलहरुले रौतहट घटनामा ध्यानार्कष भएको जनाउदै निरञ्जन राम र विजय रामको मृत्युको सत्यतथ्य अनुसन्धान गर्न माग गरेका छन ।

प्रतिकृया दिनुहोस्