RaraNews

प्रकाशित : २०७७/५/७ गते
१२५५ पटक

कोभिड १९ का कारण सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवा लिनेको संख्यामा ५० प्रतिशतले कमि आएको जागरण मिडिया सेन्टरको साप्ताहिक कार्यक्रम कट्वाल रेडियो पत्रिकामा बोल्ने वक्ताहरु बताएका छन । उनीहरुले यातायातको असुबिधा,अस्पतालमा कोरोना संक्रमण हुन सक्ने डरका कारण पनि सेवाग्राहीको संख्यामा कमि आएको जानकारी दिएका छन ।

प्रसुती गृह थापाथलीका उप निर्देशक डा.श्री प्रसाद अधिकारीले आफुहरुले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धी सबै खाले सेवा दिए पनि सेवाग्राहीको चाप भने आधा जतिले घटेको अनुभव सुनाउनु भयो । उहाँले भन्नु भयो “ सुरक्षा सर्तकता अपनाउर्दै सबैखाले सेवा दिएका छौ तर सेवा लिनेको दरमा भने कमी आएको छ । ” उहाँले गर्भावस्था र प्रसुती अवस्था बिशेष अवस्था भएकाले हेलचेक्राई नगरि खानपान,व्यायाम र नियमित चेकजाँच गर्न आग्रह गर्नु भयो ।

त्यस्तै युएनएफपिएका सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यका सहायक प्रतिनिधी लतिका मास्के प्रधानले चार महिना लामो बन्दाबन्दी,यातायातको असुबिधा र कोरोना भाईरस संत्रमणको त्रासका कारण सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवा लिनेहरुको संख्यामा ५० प्रतिशतले कमि आएको युएनएफपिए द्धारा गरिएको अध्ययनले देखाएको जानकारी दिनु भयो । उहाँले महामारीमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवा प्रभाबित हुन नदिन स्थानिय,प्रदेश र संघिय सरकारसंग मिलेर बिभिन्न कार्यक्रम र प्रयास भैरहेको बताउनु भयो । यस बिषयमा तीन तहका सरकार र यस क्षेत्रमा काम गर्ने संघसंस्था पनि जिम्मेवार बन्नु पर्ने धारणा राख्नु भयो ।

त्यस्तै महिला बालबालीका तथा जेष्ठ नागरिक मन्त्रालय अन्र्तग राष्ट्रपति महिला उत्थान कार्यक्रम ईकाई प्रमुख अन्जु ढुङ्गानाले गर्भवती तथा सुत्केरी महिलाहरुले अकालमा ज्यान गुमाउन नपरोस भनेर निःशुल्क हवाई उद्धार सेवा द्धारा १२५ जनाको उद्धार गरिएको जानकारी दिनु भयो । उहाँले दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाहरुलाई कुनै समस्या परे निःशुल्क हवाई उद्धार सेवा लिन अनुरोध गर्नु भयो ।

प्रतिकृया दिनुहोस्