RaraNews

प्रकाशित : २०७७/५/७ गते
२०७३ पटक

कैलाली घोडाघोडी वडा नं.६ बछुरिया स्थिीत आदर्शनगरटोलको दलित बस्तीमा शनिवार गैरदलित समुहले जातिय गालीगलोज गर्नुका साथै संघातिक आक्रमण गरेको छन । आक्रमणमा परि स्थानिय दलित युवाहरु घाईते भएका छन । घाईते हुनेहरुमा विकास वि.क , सुनिल वि.क , भिम बि.क,करण वि.क,अनिल वि.क र नबराज वि.क लगाएतका युवाहरु रहेका छन । घाईले मध्ये विकास वि.क को टाउमा गम्भिर चोटलागेको र घोडाघोडि अस्पतालबाट नेपालगञ्ज अस्पतालमा रिफर गरिएको छ । स्थानिय गैरदलित युवाहरु खेमराज बम , ललित भण्डारी, दल बहादर भण्डारी, देव बहादुर भण्डारी,नृप भण्डारी र गोपी साउँद र डम्मर साउँद लगाएतको समुहले आक्रमण गरेका थिए । उक्त समुहले यि वि.क जाति दलित डुमहरुले के गर्न सक्छन र यिनीहरुलाई सिध्याउने सोच थियो भन्दै थर्काएको पिडित नबराज वि.क ले बाताउनुभएको छ । उक्त समुहले पटक–पटक सो दलित बस्तिमा आई तथानामका जातिय गालिगलोज गर्दै धम्काउने गरिको पनि उहाले जानकारी दिनु भएको छ ।

प्रतिकृया दिनुहोस्