RaraNews

प्रकाशित : २०७७/५/७ गते
९०३ पटक

बुटवल । समुदाय स्तरमा कोरोना संक्रमण निरन्तर बढेपछि रुपन्देहीमा थप एक हप्ताको लागि लकडाउन थपिएको छ । जिल्ला स्तरीय कोभिड-१९ नियन्त्रण तथा रोकथाम केन्द्रको बैठकले कोरोनाको रोकथाम र नियन्त्रणको लागि भदौं १४ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।

यसअघि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भदौ २ गतेदेखि आज राति १२ बजेसम्म लकडाउन गरेको थियो । लकडाउनको समयमा अत्यावश्यक सेवाका सवारीसाधन बाहेक अन्य सवारी साधनलाई प्रतिबन्ध लगाईएको छ । पसल खोल्न तथा हिडँडुल गर्न निषेध गरिएको छ ।

प्रतिकृया दिनुहोस्