RaraNews

प्रकाशित : २०७७/५/७ गते
११२५ पटक

कपिलवस्तु । कपिलवस्तुमा थप ८ दिन लकडाउन जारी भएको छ । पछिल्लो समय थप भएको एक हप्ताको लकडाउन आज राति १२ बजे सकिन लागेको बेला दिउँसो बजेको बैठकले लकडाउनलाई भदौ १५ गतेसम्म लम्बाएको हो ।

जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्दो गएको अवस्थामा हालकै लकडाउन यथावत् कायम रहेको जिल्ला प्रशासन कपिलवस्तुले जनाएको छ ।

जिल्ला प्रशासनमा आइतबार दिउँसो बजेको जिल्ला सुरक्षा समितिको बैठकले भदौ १५ गतेसम्म अत्यावश्यकीय बस्तुहरु बाहेक सम्पूर्ण गतिविधि ठप्प पार्ने गरी जिल्लामा लकडाउन जारी गरेको हो ।

जिल्लामा साउन २६ गते राति १२ बजेदेखि लगातार लकडाउन हुँदै आएको छ । पछिल्लो समय जिल्लाभित्र समुदायतहमा कोरोना संक्रमण फैलिदै गएको छ । अहिलेको स्थितिमा कोरोनाबाट बच्ने एक मात्र उपाय लकडाउन भएको निष्कर्ष निकाल्दै आगामी भदौ १५ गतेसम्म जिल्लामा लकडाउन जारी भएको हो ।

प्रतिकृया दिनुहोस्