RaraNews

प्रकाशित : २०७७/५/७ गते
१२०२ पटक

जागरण मिडिया सेन्टरका पुर्व उपाध्यक्ष तथा खसोखास अनलाइनका सम्पादक दिपक परियार अमेरिकामा सम्मानित हुनुभएको छ । कोभिड १९ को संक्रमण जोखिमका क्रममा अमेरिकामा रहेका नेपालीहरु लक्षित सामाजिक काम गरेको भन्दै न्युयोर्क सिटीस्थित ब्रुकलिन सिटीका सभामुख एरिक एडम्सले परियारलाई साईटेसन अवार्डबाट सम्मानित गर्नु भएको हो

पत्रकारितासँगै सामाजिक अभियान चलाईरहेका परियारले कोभिड–१९ का क्रममा न्युयोर्क आसपासमा रहेका नेपालीलाई प्राथमिक स्वास्थ्य सामाग्री र खाद्यान्न पु¥याउने कामको थालनी गर्नु भएको थियो । । साहित्य, पत्रकारिता, सामाजिक र सांस्कृतिक विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तित्वहरुलाई सो अवार्डबाट सम्मानित गर्ने गरिन्छ ।

सभामुख एरिक एडम्सले साइटेसनमा भन्नु भएको छ ‘दक्षिण एसियाली समुदायमा सम्मानित बहुआयामीक पत्रकार परियारलाई म, सबै ब्रुकलनिटहरुको तर्फबाट अभिवादन गर्छु ।
सर्वसाधरणको आवश्यकता राम्ररी बुझ्नका लागि स्वतन्त्र रुपमा र विभिन्न विषयको अनुसन्धान मार्फत समाज आधारित अनुसन्धान गर्ने अनुभवको उच्च मुल्याङ्कन गर्दछु । ’

स्थापनाकाल देखि जागरण मिडिया सेन्टरको नेतृत्वमा रहेका उहाँ अन्य विभिन्न संघसंस्थामा समेत संलग्न हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्