RaraNews

प्रकाशित : २०७७/४/३० गते
१०६१ पटक

कोभिड १९ अर्थात कोरोना भाईरसको महामारीसंग जुधिरहेका बेला बिभिन्न खालका मानसिक समस्या सृजना भएको छ । हरेक वर्ग,क्षेत्र,लि∙लाई यसले नराम्रोसंग असर पारेको छ । बिभिन्न समस्यासंग जुध्दा,चार महिना लामो बन्दाबन्दीले दैनिक कामकाज ठप्पहुदा मानसिक रोगीहरुको संख्या बढेको र त्यहि अनुपातमा आत्महत्याको दर पनि बढेको बताईएको छ । यसै बिषयमा मनोबिद् डा.करुणा कुंवरलाई मानसिक समस्याका कारण कसरी कुनै व्यक्तिले आत्म हत्या गर्नसक्छ भनेर साधेका छौ ।

दैनिक जीवनयापनका क्रममा सुख,दुख भन्ने कुरा निरन्तर चलिरहने प्रक्रिया हो ।तर कहिले कसो मानिसहरु सानो सानो कुरामा पनि दुखी हुन, मनमा कुरा खेलाएर बस्ने गर्दछन । त्यहि बिचमा त्यो तनाब लामो समयसम्म रहि रहन सक्छ । जसका कारण दुख पिडाबाट मुक्त हुन मानिसहरु संघर्ष गरिरहेका हुन्छन् । संघर्ष गर्दा गर्दै जब मानिसलाई अप्ठारो पर्छ त्यतिबेला व्यक्तिले मैले यति गर्दा गर्दै पनि यसबाट मुक्ति पाउन सकिन भन्ने विभिन्न तर्कहरु उसको मनमा सिर्जना हुन्छ । त्यतिबेला उसले आफ्नो नजिकको साथीभाई इष्ट मित्रहरुलाई म जीवनबाट हार खाए, मैले केहि गर्न सकिन , अब बाँचेर के अर्थ बरु मर्न पाए हुन्थ्यो भन्ने जस्ता अभिव्यक्ति दिइरहेको हुन्छ ।तर हामी आम मानिसहरुले उसले भनेका कुराहरुलाई सामान्यरुपमा लिइरहेका हुन्छौं । यसले भन्नका लागि अथवा हामीलाई धम्काउनका लागि भनेको हो भन्ने जस्ता कुराले हल्लकारुपमा बुझ्ने गर्दछौं ।त्यसैले गर्दा हामीले धेरै व्यक्तिहरुलाई गुमाउन पुगेका हुन्छौं । मानसिक रुपमा कमजोर भएका व्यक्तिहरुको समयमै उनीहरुको मनोभावना बुझिदिने,नैरास्यतालाई गम्भिर रुपमा हेरिदिने, उपचारको नै खाँचो होकी भन्ने कुराहरु अलि महत्बपुर्ण हुन्छ ।मानसिक तनाबलाई रोगका रुपमा नहेरिदा जिम्मेवार भएर नलिदा आत्म हत्याका घटनाहरु बढिरहेका छन् ।


कुनै पनि व्यक्ति मानसिक समस्यामा छ भनेर सर्वसाधारले कसरी थाहा पाउने ? लक्षणहरु के के हुन्छन् ?

प्राय जसो व्यक्तिहरु निरासामा हुदां निद्रामा घटबढ ,अन्य व्यक्तिसंग घुलमिल कम गर्ने ,एकान्तमा बस्ने, टोलाउने, खानपानमा रुचि नहुने ,पटक पटक निरासाजनक कुराहरु गर्ने गर्दछन । यो लक्षण देख्ने बित्तिकै परिवार र साथीभाईले उसको भावना बुझिदिने र अन्त्यमा मानसिक रोग बिशेषज्ञ कहाँ उपचारका लागि व्यबस्था मिलाई दिनु आबश्यक छ ।

मानिसको जीवन अमुल्य छ , मान्छे मर्नकै लागि तयारी अबस्थामा मानसिक रुपमा पुगेको छ भने उसलाई बचाउन के गर्न सकिन्छ ? उपचार के गर्न सकिन्छ ?

सबै भन्दा पहिला उसले भनेका कुराहरु सुनिदिनु पर्छ । बढि नै नैरास्यतामा पुग्न थालेको आभास पायौं भने विभिन्न बिशेषज्ञहरु हुनुहुन्छ उहाँहरुसंग भेटाउन सकिन्छ । तिमीसंग म छु ,हरेस खान हुदैन,हामी मिलेर तिम्रो समस्याको हल गरौला भन्ने अभिव्यक्तिले आशा जगाउँछ ।आशा लाग्दा व्यक्ति तथा कुराहरुले जीवन जीउनु पर्छ भन्ने छाप दिन सक्नु पर्छ । उ भित्र भएका नराम्रा र निरासाजनक भावनाहरु हटाउनका लागि आफ्नोपनको आभास दिन जरुरी छ । मानसिक उतार चढाब हुने बेलामा माया, प्रेरणा र हौसला दिने हो भने त्यो नै सकरात्मक सहयोग हुन्छ ।


कतिपय व्यक्तिगत स्वभाव,कतिपयको उमेरगत स्वभाव हुन सक्छन ,मानसिक स्वास्थ्य समस्या हो भनेर कसरी थाहा पाउने ?


उनीहरुले देखाउने जुन व्यबहार असामान्य लाग्छ ,जुन दुई हप्ता भन्दा माथी महिनौ सम्म रहिरहन्छ त्यसपछि थाहा पाउने हो । एउटै खालको लक्षण लामो समय सम्म रहिरहेको छ ।परिवारका मान्छेहरुलाई सामान्य जस्तो लागिरहेको छ ।एउटै समस्यामा महिनौ अल्झीरहने, एकोहोरो हुने तथा झर्किने गर्न थाल्यो भने बिशेषज्ञलाई देखाउनु पर्छ ।


आत्महत्याको दर पछिल्ला समय बढी रहेको भए पनि सबैको साझा र चासोको विषय बन्न सकिरहेको छैन किन होला ?

मानसिक स्वास्थ्यको बारेमा मान्छेलाई जनचेतना छैन ।आत्महत्यालाई नितान्त व्यक्तिको समस्या हो भन्ने बुझाई छ । व्यक्तिसंगै यो समाजको पनि समस्या हो भनेर लियौ भने मात्रै कम गर्न सकिन्छ । आत्महत्या मान्छेको सोच मात्रै हैन यो त मानसिक रोग हो भनेर बुझ्न जरुरी छ ।


अन्त्यमा आत्माहत्याको दर घटाउन को को जिम्मेवार बन्नुपर्छ, भुमिका के के रहन्छ ?


सबै भन्दा पहिला आत्महत्या भनेको के हो भन्ने बुझन जरुरी हुन्छ ।कुनै व्यक्ति मासिकरुपमा अस्वस्थ छ भने उसलाई परिवार र साथीभाईले सम्झाउने, बुझाउने र एक्लो महसुसबाट गर्नबाट टाढा राख्ने प्रयास गर्नु आवश्यक हुन्छ ।आत्महत्याको औषधी सम्भब छ, मात्र हामी सबै जिम्वेबार बनौँ ।

प्रतिकृया दिनुहोस्