RaraNews

प्रकाशित : २०७७/४/३० गते
९७५ पटक

कोभिड १९ अर्थात कोरोना भाईरसको महामारीसंगै बिभिन्न समस्या डर,त्रास,समस्याले गर्दा धेरै जसो व्यक्ति मानसिक समस्याको सिकार हुनु परेको छ । फलस्वरुप समयमा आत्महत्या गर्नेको दर दिन प्रति दिन बढिरहेको छ । हुन त आत्महत्या बढ्नुका कारणहरु थुप्रै होला तर सामाजिक कारण पनि एक हो भन्नु हुन्छ समाजशास्त्री तथा प्राध्यापक अनिता वाग्ले ।


किन कुनै पनि व्यक्ति आत्महत्या गर्न बाध्य हुन्छ ?


मान्छेका असीमित चाहाना हुन्छन् तर ती चाहाना पुरा गर्ने स्रोत र साधन भने निकै कम हुन्छन् ।विकसित राष्ट्रमा मान्छे जति सम्पन्नशाली भएपनि अनेक चाहाका कारण र अविकसित राष्ट्रमा मान्छेहरुका दैनिक आवश्यकताहरु गास,बास,कपास,स्वास्थ्य,शिक्षा,रोजगारी लगाएतका थुप्रै आवश्यकता पुरा हुन नसक्दा पनि आत्महत्या दिनप्रतिदिन बढीरहेको छ । मानसिक रोग बिशेषज्ञहरुले यसलाई यसलाई मानसिक रोगसंग जोडेर हेर्ने गरेता पनि हामी यसलाई सामाजिक परिवेशका कारण आत्महत्या हुन्छ भन्छांंै । किनभने आर्थिक,सामाजिक,राजनीतिक,शैक्षिक लगाएतका बिषयहरु यसैसंग जाडिएको भएको हुन्छ ।सामाजिक परिवेशले मानिसहरुलाई बिभिन्न कोणबाट बाध्ने काम गरेको हुन्छ । कुनै न कुनै माध्यमबाट मानिसहरुलाई आत्महत्या गर्न तर्फ धकेलीरहेको हुन्छ । अहिले कोरोनाको महामारीका बेला नेपालका पहिलेको तुलनामा २५ प्रतिशतले आत्महत्याका घटनाहरु बढिरहेका छन् । जब देशमा बिपती,महामारी अथवा कुनै संकट पर्छ त्यतिबेला यस्ता घटनाहरु बढ्ने गर्छ ।


हाम्रो समाजमा यसरी घटना बढ्नुको कारण के होला ?


माध्यमिक तह र कलेज स्तरका बिद्यार्थीहरु आत्महत्याको दर बढेको छ । मेडिकल क्षेत्रका बिद्यार्थी र गृहणीहरुको पनि आत्महत्याको संख्या बढी छ । विकसित मुलुकहरुमा युवा अबस्थाका व्यक्तिहरुमा यो समस्या देखिने गर्छ भने हाम्रो देशमा भने हरेक उमेर समुहमा यो समस्या देखिएको छ । विश्वमा आत्महत्या गर्ने व्यक्तिहरुमा भन्दा नेपालमा आत्महत्या गर्नेको शैलि निकै फरक छ । नैतिकताले मान्छेलाई बाध्ने काम गर्दछ । जब नैतिकताको पाठ मानिसहरुले भुल्दै जान्छ तब मानिसहरुमा अहमता बढ्छ अन्त्यमा मान्छेहरु मपाईत्वको भावनामा जान्छ र यस्ता नकरात्मक निर्णय गर्न पुग्छन् ।


आत्महत्याका कारणहरु त थुप्रै होलान् तर सामाजिक कारण महत्वपुर्ण छ भनेर तपाई आफैले भन्नु भो, अब त्यो सामाजिक कारण भित्र के के कुरा पर्दछ ?

मानिस सामाजिक प्राणी हो,सधै सामाजमा बस्छ । ,आर्थिक,सामाजिक र राजनीतिक क्षेत्रमा मानिस आबद्ध रहेको हुन्छ । यो क्षेत्र सधै सामाजिक परिवेशसंग नजिएको हुन्छ ।हाम्रो समाज जात,धर्म लगाएत विभिन्न प्रथामा अडिएको छ । परिवार पनि साँघुरो घेरामा बाधिएको छ । किन भने पहिले हाम्रो परिवार संयुक्त हुन्थ्यो सबैले परिवारका सदस्यहरुको ख्याल राखेको हुन्थ्यो तर अहिले त्यस्तो अबस्था छैन अहिले एक आपसमा घुलमिल हुने वाताबरण नि छैन् । शिक्षा र रोजागारीमा जोड दिनु पर्दछ अनि मात्र सकरात्मक विकासको आशा गर्न सकिन्छ ।आर्थिक,सामाजिक, राजनैतिक, धार्मिक जातका कारण आत्माहत्या हुन सक्छ ।रुढीबादी नैतिककता हाईन विकसित नैतिकताले समाज परिर्वतन गर्न अलि सहज हुन्छ जस्तो लाग्छ ।


विभिन्न खालका महामारीको बेलामा आत्माहत्याको दर बढेको छ ,बेलैमा कदम चाल्न सकेको भए त्यो दरलाई निरुत्साहित गर्न त सकिन्थ्यो होला नी ?


यो महामारीमा मात्र हाईन विगतका बर्षहरुमा पनि बढिरहको छ ।सरकारको आखां आत्महत्याको केसमा कहिल्यै पनि गएन । पुलिसहरुले यसलाई रेर्कडका रुपमा राख्न थालेका छन् ।सरकारले आत्महत्या रोक्नका लागि विभिन्न कसरत गनु पर्छ । स्थानीय तह,प्रदेश सरकार र संघिय सरकारले आत्महत्या न्युनिकरणका लागि पहल गनु पर्छ । स्कुल, कलेज र गाउँंघरमा मनोपरामर्शकर्ता पो आबश्यकता पर्छ कि अथवा वडा वा पालीका स्तरमा सचेतना दिएर हुन्छ कि ,जसरी, हुन्छ आत्महत्या रोक सबैले समन्वय गर्न आबश्यक छ । आत्महत्या गर्नबाट जोगिएको व्यत्तिलाई डाक्टर, समाज र घरपरिवारले राम्रो व्यबहार गर्नु पर्दछ । यसको रोकथामका लागि सरकारले बजेटको व्यबस्थापन गर्नु पर्दछ । राज्यले नागरिकका आबश्यकता पुरा गर्नका लागि निति तथा कार्यक्रम ल्याई कार्यान्वयन गर्न आबश्यक छ । मान्छेका दैनिक आबश्यकता पुरा भए पनि आत्महत्याको दर घट्ने छ ।


तपाईको अध्ययन अनुशार नेपालमा कस्तो खालको आत्महत्या बढी भएको पाईन्छ ?


अहिले सम्मको रेकर्ड हेर्ने हो भने नेपालमा धेरै जसो मानिरहरु झुण्डिर मरेको पाईन्छ । तर मैले दश वर्ष देखि चितवनमा केन्द्रित भएर अध्ययन गर्दा बिषादी र आत्महत्याको दर बराबर भएको पाईएको छ । गरिबी,जात र धर्मका कारण पनि आत्महत्याको दर बढीरहको छ ।


पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरि प्रत्यक्ष लाईभ आएर आत्महत्या गर्नेको संख्या नि बढ्ने क्रममा छ ,यसले समाजमा कस्तो खालको असर पु¥याउला ?


सामाजिक सञ्जाललाई रोक्न सकिदैन । नैतिक शिक्षाको कमि भयो । कुनै व्यक्तिले म मर्दै छु है भनेर सामाजिक सञ्जालमा राख्दा बच्चाहरुमा निकै नराम्रो असर गरेको छ । त्यसैले शिक्षित व्यक्तिले पनि चोक, टोल टोल र गाउँंगाउँमा मनोपरामर्शकर्ताको व्यवस्था गर्ने र घरमा पनि अभिभावकहरुले उसको आवश्यकता चाहानालाई बुझने गर्नु पर्दछ । राज्यले बाच्न पाउने अधिकार बाट बञ्चित गराउनु भएन । जसरी हुन्छ आत्महत्या रोक्न सरकारका तिनै तह,शिक्षक, अभिभावक र शिक्षित वर्ग सबै सचेत र सजक हुन आबश्यक छ ।

प्रतिकृया दिनुहोस्