RaraNews

प्रकाशित : २०७७/४/२६ गते
१४२६ पटक

सदरमुकाम तौलिहवास्थित कपिलवस्तु जिल्ला अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ ।

अस्पतालका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको अस्पतालका मे.सु. किशोर बन्जाडेले बताए ।

अस्पतालको आन्तरिक बैठकले गरेको निर्णयअनुसार संक्रमणको सम्भावित जोखिममा रहेकाहरुको स्वाब परीक्षण रिपोर्ट नआएसम्म अति आवश्यक इमरजेन्सीबाहेका सम्पूर्ण सेवा बन्द रहने छन् ।

आइतबार अस्पतालका एक नर्सिङ कर्मचारी, एक ल्याबका कर्मचारी, एक्सरे र ओपीडीमा काम गर्ने कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

हालसम्म कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अस्पतालमा कार्यरत एक कर्मचारी दुई महिनाअघि संक्रमित भएकी थिइन् । उनी कोरोनालाई जितेर काममा फर्किसकेकी छन् ।

अस्पतालमा स्वाब संकलन गर्दै आएका ल्याब असिस्टेण्ट पनि संक्रमित भएका छन् । उनी अहिले आइसोलेसनमा छन् ।

प्रतिकृया दिनुहोस्