RaraNews

प्रकाशित : २०७७/४/१६ गते
१२५२ पटक

जातिय बिभेद बिरुद्ध सबै संगठि भएर लाग्नु पर्ने एक कार्यक्रममका वक्ताहरुले जोड दिएका छन । रुकुम पश्चिममा ६÷६ जना युवाहरुको जातकै कारण निर्मम हत्या हुदा पनि संगठित भएर आवाज उठाउन नसकेको भन्दै आगामि दिनमा राजनितीक दल भन्दा माथी उठेर दलितका साझा मुद्धामा संगठित भएर लाग्ने जनाएका छन । जागरण मिडिया सेन्टरको साप्ताहिक कार्यक्रम कटुवाल रेडियो पत्रिकासंगको छलफल कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य तथा रुकुम पश्चिम घटनाको संसदीय टोलीका सदस्य मिन विश्वकर्मा,नेकपाका ने.क.पा केन्द्रिय सदस्य तथा दलित मुक्ति संगठनका नेता पर्शुराम रम्तेल, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा संयुक्त राजनितिक दलित संर्घष समितीका सदस्य सुनिता मरिक र लेखक तथा उपप्रध्यापक डा. तारालाल श्रेष्ठले सो कुरामा जोड दिएका हुन ।

कार्यक्रममा बैल्दै प्रतिनिधि सभा सदस्य तथा रुकुम पश्चिम घटनाको संसदीय टोलीका सदस्य मिन विश्वकर्माले रुकुम पश्चिमको सोतीमा घटेको घटना मानब जातीकै इतिहासमा अत्यन्तै लज्जित,घृणित,निन्दनीय,अमानवीय घटना भएको बताउनु भयो । उहाँले भन्नु भयो “ पुलिस प्रशासनले सामान्य रुपमा बुझेको,जनप्रतिनिधिहरुले घटनालाई तोडमोड गर्न खोजेको र स्थानिय तह देखि केन्द्र सम्मका बिभिन्न निकाय,राजनितीक दल लगायतले घटना लुकाउन हदैसम्मको प्रयास भएको छ ।” कतै यो घटना पनि यतिकै सलाउदै जाने र पिडितले न्याय नपाईने होकी भन्ने प्रश्नमा उहाँले भन्नु भयो “त्यो आशंका छ तर हामीले संसदीय टोलीको प्रतिवेदनमा पनि सत्य,तथ्य कुरा ल्याएका छौ, सडक देख सदन सम्म आवाज उठाएका छौ पिडितलाई न्याय पाउने कुरामा दुईमत छैन तर त्यसका लागि निरन्तर खबरदारी गर्नुपर्ने पर्छ । ” यसका दलित मात्र होईन बुद्धिजीवि,कलाकार,पत्रकार,मानव अधिकारकर्मी लगायत महिला,सिमान्तकृत,हिमाल पहाड,तराई सबै तह तप्कालाई समेट्दै लैजानु पर्छ । त्यसमा आफ्नो भुमिका पनि निर्वाह गर्ने छु । दलितहरुको मुद्धा राज्यको मुद्धा हो, यस अभियानमा हातेमालो गर्न सबैलाई अनुरोध पनि गर्न चाहान्छु ।


त्यस्तै ने.क.पा केन्द्रिय सदस्य तथा दलित मुक्ति संगठनका नेता पर्शुराम रम्तेलले सामन्तबादी संस्कार, संस्कृती र प्रणालीका कारणले दलित समुदाय जन्मिएकाले यसलार्ई हटाउन हरेक राजनैतिक पाटी भित्र संयुक्त मोर्चा बनाएर लड्न जरुरी रहेको बताउनु भयो । सडक देखि शसंद सम्म दलितका पक्षमा बिचारलाई राख्न सक्यौ भने रुकुम घटना देखि अन्य घटनाहरुका पिडित ले न्याय पाउन सक्ने बताउनु भयो । “जात व्यवस्थाले हाम्रो समाज जगडिएर बसेकाले यसको अन्त्य गर्न पनि सबैले एक भएर लाग्नु पर्छ । ” उहाँले भन्नु भयो । यहाँहरुको पाटी सत्तामा भएकाले यस बिषयमा आवाज उठाउन गाह्रो परेको हो कि भन्ने प्रश्नमा उहाँले भन्नु भयो “भोली पाटीले कार्यवाहि गर्ला ,पद गुम्ला भन्ने डरले बिगतमा पनि जो सुकै पाटीको भए पनि यस्तो खालको अभ्यास भएकै हो । तर त्यस्तो हुनुहुदैन । पाटी भन्दा माथी समुदायका मुद्धा हुन यो सवाल सबैले बुझनु पर्छ ।”


कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा संयुक्त राजनितिक दलित संर्घष समितीका सदस्य सुनिता मरिकले रुकुम घटना सहित देशभर भएका जातिय बिभेदका घटना न्यायका लागि विभिन्न चरणमा आन्दोलन,वहस ,छलफल अन्तरक्रिया जारी रहेको बताउदै जातिय बिभेदको मुद्धा साझा बन्न नसकेकोमा दुख व्यक्त गर्नु भयो । सरकारले छुवाछुत मुक्त राष्ट्र घोषण गरेता पनि श्रृङ्खलाबद्ध रुपमा घटेका जातिय बिभेदका घटनामा अझै मधेशी दलितको मुद्धा साझा बन्न नसकेको गुनासो गर्नुभयो ।


त्यस्तै लेखक तथा उपप्रध्यापक डा. तारालाल श्रेष्ठले ‘२१ औं शताब्दिको यूगमा पनि दलित र गैरदलित समुदायविचको जातीय किचलो उत्पन्न हुन आफैमा लज्जास्पद बिषय भएको भन्दै रुकुम लगाएत अन्य घटना अमानवीय भएको बताउनु भयो । आन्दोलन र प्राज्ञिक बहसलाई सगं संगै लैजाने हो भने जातिय छुवाछुत अन्त्य गर्न सहज हुने तर्क गर्नु भयो ।दलित समुदायको हक,हितका लागि दलित र गैरदलित बिच समन्वय र सहकार्य गर्नु पर्ने कुरामा जोड दिनुभयो । श्रेष्ठले अमानविय घटनाहरुका बिरुद्ध सामुहिक छलफल र खुला बहसमा जुट्नु पर्ने कुरा व्यक्त गर्नु भयो ।

प्रतिकृया दिनुहोस्