RaraNews

प्रकाशित : २०७७/४/८ गते
१०१० पटक

जुम्ला- कर्णाली प्रदेश सरकारले गत आवमा लक्षित वर्ग उत्थानका लागि भनेर करिब ३३ अर्ब बजेट विनियोजन गरेको थियो । तर सुक्को बजेट पनि कार्यान्वयन हुन सकेन् । एकल महिला,दलित, बालबालिका,अपांग तथा सिमान्तकृत वर्गको शसत्तिकरणका लागि लक्षित वर्ग शिर्षकमा करोडौ बजेट छुटाएपनि उत्पादनमुखि क्षेत्रमा लगानी हुन सकेको छैन् । 

स्थानीयतहले पनि हरेक आर्थिक वर्षमा लाखौका हिसाबले लक्षित वर्गका लागि बजेट छुटाउँछन् । वर्षै पिच्छे लक्षित वर्गको बजेट तालिम, सेमिनार,गोष्ठी गर्ने र भात मासु खुवाएरै सकाउने गरिएको छ । तालिम लिएर लक्षित वर्गको जीवनस्तरमा के सुधार भयो भन्ने समीक्षा अहिले सम्म हुन सकेको छैन् ? जसले गर्दा रहेक वर्ष लक्षित वर्गका नाममा राज्यको ढुकुटी रित्तीदै जाने तर लक्षित वर्गको जीवनस्तरमा सुधार भने हुदैनहुने तितो यर्थात हामी माझ छ । समयको माग र आबश्कयता अनुसार नीति कार्यक्रम र बजेट ल्याएर कार्यान्वयन जोड दिए मात्रै लक्षित वर्गको उत्थान सम्भव छ ।

अन्यथा लक्षित वर्ग उत्थानका नाममा पहुँचवालाकै रजाई हुने शिक्षक अर्जुन बुढा बताउछन् । उनका अनुसार लक्षित वर्गलाई सधै तालिम दिएर मात्र जिवनस्तर उकास्न सकिँदैन ।लक्षित वर्गलाई उत्पादन संग जोडौयहाँको तातोपानी गाउँपालिकाले ८ वटै वडामा लक्षित वर्गका लागि १ लाख ५० हजारका दरले बजेट विनियोजन गरेको छ । त्यो बजेट कसरी खर्च गर्ने भन्ने कुनै नमुना नीति छैन् । पुरानै शैली अनुसार तालिम गरेरै सकाउने मनसाय हुनसक्छ । कार्यपालिका सदस्य तथा अनुशसान समितिका संयोजक आदी प्रसाद न्यौपानेले लक्षित वर्गलाई तालिममै सिमित नराखी उत्पादन संग जोड्न सुझाब दिए । 

उनले भने,“विगतको जस्तो लक्षित वर्गलाई तालिम दिएर प्रभावकारी देखिएन,चालू आवमा बरु थोरैलाई समेटेर तालिममुखि नभई उत्पादनमुखि बनाउन लक्षित वर्गको बजेट खर्च गर्नु पर्छ ।“विगतमा एकल महिला,यूवा,दलित अपांग व्यत्तिले गरेको ईकटाइ,हातेहोजियारी,वोईरिङ,तालिम पछि सम्म प्रगती भएको देखिन् ।

न्यौपाने थपे अब लक्षित वर्गलाई उत्पादन संग जोड्नुको विकल्प छैन् । नीतिगत रुपमै लक्षित वर्गलाई उत्पादनमुखी बनाउृनु पर्ने सुझाब दिए ।वास्तविक लक्षित वर्गलाई छनौट गरेर कृषि,रोजगार मुलक कामका लागि अनुदानको व्यवस्था गर्नु पर्ने सुझाब दिएका छन् । साथै उनले आव २०७७-७८ का लागि छुटाएको पुजिगत तर्फको ११ करोड बढी बजेटलाई उत्पादनमुखि बनाउन समेत गाउँपालिकाको ध्यानकर्षण गराईएको छ । लक्षित वर्गका नाममा राजनीति गर्ने तालिम र समिनारमै सिमित हुने प्रबृत्ति जुम्लाका आठै स्थानीय तहमा उस्तै छ । 

लक्षित वर्गको बजेट विगतको भन्दा केही पृथक ढंगबाट खर्च गर्ने तयारी भईररहेको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । उनका अनुसार चालू आवमा लक्षित वर्गको बजेटलाई उत्पादन संग जोड्नका लागि नीतिगत रुपमै व्यवस्था गरिएको छ । लक्षित वर्ग संगै चालु आवको बजेटलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्ने पालिकाले नीति बनाएको उनको भनाई छ । असार १० गते ३९ करोडको बजेट ल्याएको तातोपानी गाउँपालिकाले असार ३० गते सम्पन्न आठौ गाउँसभाले उत्त बजेट सर्वसम्भत पास गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत मिलन बुढ्थापाले बताए । बजेटलाई जतिसक्दो उत्पादनमुखी बनाउने र आबश्यकताका आधारमा लगानी गर्ने विषयमा निकै सचेत रहेको उनको भनाई छ ।फोटो क्याप्सनः तातोपानी गाउँपालिका  साँतौ गाउँसभा । 

प्रतिकृया दिनुहोस्