RaraNews

प्रकाशित : २०७७/४/७ गते
१५६९ पटक

केही दिन अघि बढुवा भएका सचिव मान बहादुर विक बागमती प्रदेशको प्रमुख सचिवमा सरुवा भएका छ्न । ५ साउन साँझ बसेको मन्त्रिपरिषद् बैठकले ३ सचिवको सरुवा र नयाँ २ सचिवको पदस्थापन गरेको हो ।

बैठकले गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, बागमती प्रदेशका प्रमुख सचिव तोयम रायलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको छ ।

त्यसैगरी युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई शिक्षा मन्त्रालयको सचिवमा सरुवा गरेको छ ।
त्यस्तै केही दिन अघि बढुवा गरेका विष्णु नेपाललाई गण्डकी प्रदेशको प्रमुख सचिवमा सरुवा गर्ने निर्णय गरेको हो । बिक मकवानपुर पुर्व प्रमुख जिल्ला अधिकारी समेत हुन ।

प्रतिकृया दिनुहोस्