RaraNews

प्रकाशित : २०७७/४/५ गते
१०७२ पटक

बर्षा शुरु भएसंगै बिपद्का घटनाहरु तिब्र रुपमा घटिरहेको छन् । त्यसको रोकथामका लागि हामीले गाउंपालीका स्तरीय विपद् व्यबस्थापन समिती गठन गरेका छौ भने कार्ययोजना बनाएर काम गरेका छौ । बाढी,पहिरो,बर्षा र चट्टानहरुलाई मध्यनजर गर्दै गाउंपालीका स्तरीय तथा वडास्तरीय समिती बनाई बाढी पहिरोमा परेकाहरुलाई तत्काल उद्धार गर्नका लागि उद्धार टोलीको व्यबस्था र राहात सम्बन्धि बिभिन्न व्यबस्था गरेका छौ जस्तै ः समस्यामा परेकाहरुलाई विजुली,पानी,खाद्यान्न र लत्ताकपडाको जत्ति सक्दो छिटो व्यबस्था गर्ने योजना बनाएका छौ । प्राथमिकताको आधारमा काम गर्ने भएकाले गाउपालीका स्तरीय अनुगमन टोली बनाई वडा वडामा जान निर्देशन दिएका छौ । विपद्मा परेकाहरुलाई तत्काल उद्धार तथा स्वास्थ्य सेवाका लागि पनि गाउंपालीकाहरुमा व्यबस्थापन गरेका छौ ।


कागजी रुपमै बनेका बिधी बिधान, निती, कार्ययोजना र कानुनहरु निकै राम्रा छन् नराम्रा भन्न मिल्ने ठाउँ कतै पनि छैन् । तर कार्यान्वयन प्रभाबकारी बनाउन भौगोलीक बनावटले पनि फरक पार्ने गर्दछ । त्यसैले हामीले बनाएका निती कार्यक्रम र योजनाहरु राम्रा भए पनि कार्यान्वयन तहमा सय प्रतिशत व्यबहारमा लागु गर्न नसकेको अबस्था छ । सबै स्थानिय तह ले आफ्नो ठाउंमा भएको प्राकृतिक तथा जैविक बिपत्तिमा प्रदेश र संघ बाट सहयोगको अपेक्षा राखेका हुन्छन तर जति सहयोग पाउनु पर्ने हो त्यत्ति पाईराखेको अबस्था छैन् । जसले गर्दा स्थानिय तहहरुमा पुर्वतयारी समिती गठन भए पनि कार्यान्वयन चरण बाहिर सोचे जस्तो सहज र सरल छैन् ।हामी अलि कमजोर अबस्थामै छौ । हामी संग प्रशस्त स्रोत र साधन देखि जनशक्तिको अभाब छ ।कतिपय समस्याहरु हामी आफैले मात्र समाधान गर्न नसक्ने हुदां जिल्ला समन्वय समिती ,प्रदेश ,संघ र अन्य संघ संस्थाहरु संग सहकार्य गर्नु पर्ने हुदां पनि हामीले चाहे जति उहांहरुबाट सहयोग नपाउंदा छिटो काम गर्न नसकेको अबस्था छ । कमजोरी धेरै छन तर काम नगरेको भन्ने छैन् ।


हामीले पहिले तालिम दिएको समुह हाम्रो निरन्तर सम्पर्कमा छ । सामान्य बिपत्ति भएको ठाउंमा तत्काल त्यहां गएर समन्वय र शुरक्षा गर्ने काम गर्दछ । अब हाम्रो समितीले छिट्टै समुदाए र शुरक्षा निकाय संग छलफलमा जुट्ने तयारीमा छ । बर्षा शुरु भईसकेका ले जमिन गलिसकेको छ ,बाढी पहिरो र डुवानका समस्याहरु देखा परिसकेको छ ।चट्टान पर्ने, रुखहरु ढल्ने ,घरहरु पुरिने समस्या धेरै देखिएको छ ।यी समस्या समाधान गर्नका लागि हामी बैठक बसेर नयां ठोस योजना ल्याउने प्रकृया छौ ।


हामीलाई उद्धार टोली आबश्यकता प¥यो । विपद्मा परेका हरुलाई तत्काल उद्धार गर्नका लागि हामीले संघ र प्रदेश संग गुहार माग्नु पर्ने हुन्छ किन भने सडक यातायात अबरुद्ध भयो भने हामीले हवाई यातायात प्रयोग गर्नुपर्ने हुन्छ त्यसका लागि कहां ल्यान्डिङ्ख गर्ने, कस्तो ठाउंलाई उद्धार केन्द्र बनाउने ,कति समयमा उद्धार गरिसक्ने,को संग समन्वय गर्ने बस्तिहरु कम जोखिम र बढी जोखिम क्षेत्र पहिचान गरि त्यहां रहेका स्थानियहरुलाई शुरक्षित स्थानमा कसरी सार्ने भन्ने कुराहरुमा हाम्रो छलफल जारी छ । जोखिमयुक्त क्षेत्रमा बस्ने स्थानियहरुलाई हामीले वडा कार्यालय र सञ्चार माध्यम मार्फत सुचना दिएका छौ ।कतै बाढी पहिरोको जोखिम भयो भने उद्धारका लागि नजिकको प्रहरी कार्यालय वा गाउपालीकामा सम्पर्क गर्न नम्बरहरु टोल टोलमा बितरण गरेका छौ ।हामीले वडाका जनप्रतिनिधी ,स्वास्थ्य स्वयमसेबिका मार्फत काम गरिरहेका छौ ।


यतिबेला बाढी र पहिरोको बढी जोखिम समय हो । यसबाट बच्न हामी सबैले आ आफ्नो ठाउंबाट प्रयास गर्नुका साथै बिभिन्न सर्तकता अपनाउनु पर्छ ।जुन बस्ति जाखिममा छ त्यहांका स्थानियहरुले सम्बन्धित बडा र गाउंपालीकामा समयमै सुचना दिनु पर्छ ।सुचना दिने र लिने काम सहि समयमा भयो भने पनि जोखिम कम गर्न सहज हुन्छ । यो बिपत्तिको समयमा हामी सबै सहकार्य गरेर अगाडि बढ्नु पर्छ ।


(गाउँपालीका राष्ट्रिय महासंघका सचिब तथा त्रिपुरासुन्दरी गाउँपालिका, धादिङका उपाध्यक्ष देबि बुर्लाकोटीसंग गरिएको कुराकानीको आधारमा)

प्रतिकृया दिनुहोस्