RaraNews

प्रकाशित : २०७७/३/२५ गते
३६४७ पटक

रुपन्देही –   लैगिंक समानता तथा सामाजिक समावेशिकरणका लागि प्रदेश ५ सरकारले छुटाएको बजेट र कार्यान्वयनको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रम विहिबार बुटवलमा भएको छ ।

सञ्चारीका समूह प्रदेश ५ आयोजना तथा सामाजिक विकास मन्त्रालय र यूएनडिपिको सहयोगमा उक्त अन्तरक्रिया कार्यक्रम गरिएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले प्रदेश सरकारले निर्माण गर्ने निति योजना र बजेट लैंगिकमैत्री र समावेशि रुपमा तय गरिएको बताए ।

उनले आफूहरुले हरेक कार्यक्रमलाई लैंगिकताको हिसाबले समावेशि र लैंगिकमैत्री बनाउने गरि काम गरिएको बताए । सामाजिक विकास मन्त्रालयको बजेट मात्रै हेर्दा लैंगिकमैत्री नदेखिएपनि समग्रमा भने हरेक मन्त्रालयको कार्यक्रमले महिलालाई लक्षित गरेको बताए । दलित, सिमान्तकृत तथा मुस्लिम छात्रहरुका लागि प्रदान गरिएको छात्रबृत्तिको कार्यक्रमबाट भने धेरैले लाभ लिन नसकेको उनले बताए ।

सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्याल बेल्बासे प्रदेशकाे निति तथा कार्यक्रमलाई लैंगिक समानता र सामाजिक समावेशिकरणको हिसाबले योजनहरु बनेको बताए । उनल लैगिक सम्पर्क व्यक्ति कार्यविधि निर्माण गर्ने र प्रदेशस्तरीय बाल संरक्षण गृह निर्माणको चरणमा रहेको बताए ।

सामाजिक विकास मन्त्रालयका शिक्षा महाशाखा प्रमुख थानेश्वर ज्ञवालीले मुस्लिम समुदायका छोरीहरुलाई अझै पनि शिक्षाको पहुँचमा ल्याउन नसकिएको बताए । उनले शिक्षा क्षेत्रबाट सामाजिक समावेशिकरण गर्ने गरि काम गरिरहेको बताए । कार्यक्रम सञ्चारीका समूह प्रदेश ५ का महासचिव अमृता अनमोलको अध्यक्षता, सञ्चारीका समूह रुपन्देहीका अध्यक्ष निरु गौतमको सञ्चालन एंव यूएनडिपिका सुदीप अर्यालको धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो ।

उक्त अवसरमा यूएनडिपिका सुदीप अर्याल, सञ्चारीका समूह लुम्बिनीका महासचिव अमृता अनमोल, सञ्चारीका समूह रुपन्देहीका अध्यक्ष निरु गौतम लगायले बोलेका थिए ।

प्रतिकृया दिनुहोस्