RaraNews

प्रकाशित : २०७७/३/२३ गते
१२३८ पटक

काठमाडाैं। विभिन्न राजनीतिक दलका नेताहरुले रुकुम चौरजहारी हत्याकाण्डको सन्दर्भमा छानबिन गर्न गठित उच्चस्तरी संसदीय छानबिन विशेष समितिका संयोजक देवेन्द्र पौडेलसँग घटनाबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन्।

समितिद्वारा सिंहदरबारमा आज आयोजित रुकुम घटनाबारे छलफलमा दलित समुदायका नेताहरूले रुकुम हत्या जातीय आधारमा भएको र दोषीहरूलाई राजनीतिक संरक्षणबिना हदैसम्मको कारबाही गर्न अनुरोध गरेका हुन्।

सोही अवसरमा संयोजन पौडेलले सोती घटनामा संलग्नहरूलाई हदैसम्म कारबाही हुने गरी घटनाको सत्यतथ्य बाहिर ल्याउने प्रस्ट पारे। 

संयोजक पौडेलले रुकुम हत्याकाण्डको पक्षबाट सत्यतथ्य बाहिर ल्याउने ढङ्गबाट अध्ययन भएको बताउँदै दोषीहरूलाई कानूनबमोजिम कारबाही हुने बताए।

सत्यतथ्यका लागि सबै पाटाबाट अध्ययन भएको बताउँदै उनले हदैसम्मको कारबाहीका लागि सिफारिस गर्ने प्रतिबद्धता व्यक्त गरे। रासस

प्रतिकृया दिनुहोस्