RaraNews

प्रकाशित : २०७७/३/२३ गते
१०१० पटक

सप्तरी । लामो समयको बन्दाबन्दीले हातमुख जोर्ने समस्यामा परेकाहरुलाई एकजातिय संस्थाले खाद्यान्न तथा अन्य राहत सामग्री वितरण गरेका छन् ।

ब्राहमण सेवा समाज सप्तरीले सोमबार दलित बस्तीका १ सय गरिब असहाय परिवारलाई खाद्यान्न तथा अन्य राहत सामग्री वितरण गरेका छन् । जातिय छुवाछुत विरुद्घ सन्देश दिदै समाज सेवा क्षेत्रमा क्रियाशित सो संस्थाले छिन्नमस्ता गाउँपालिका ५ स्थित दलित बस्ती तथा आसपासका डोम मुसहर, अपाङ्ग, बृद्घबृद्घा लगायत १ सय परिवारलाई घरमै ल्याएर खाद्यान्न, मास्क, साबुन, जिवनजल, सिटामोल, ग्लब्स लगायतका राहत सामग्री वितरण गरेका छ्न ।

ब्राहमण सेवा समाजका अध्यक्ष विवेकानन्द मिश्र, सचिव अजित ठाकुर, केन्द्रिय सदस्य सतिशचन्द्र झा, समाजका छिन्नमस्ता गाउँपालिका एकाई कमिटिका अध्यक्ष अनिल कुमार मिश्र लगायतले राहत सामाग्री वितरण गरेका थिए ।

सो अवसरमा समाजका अध्यक्ष मिश्रले स्व. लक्ष्मी प्रशाद देबकोटाद्वारा रचित ‘मानिस ठुलो दिलले हुन्छ जातले होईन” भन्ने कविता गुनगुनाउदै भने, जनजिवन सामान्य अवस्थामा नफर्कुञ्जेल गरिव असाहायलाई सहयोग जारी रहन्छ ।

Source – Rajdhani Daily

प्रतिकृया दिनुहोस्