RaraNews

प्रकाशित : २०७७/३/१९ गते
१५८५ पटक

जातीय बिभेद बिरुद्धको सवालमा नेपाली आमसंचार माध्यमहरु पनि गम्भिर हुनु एक कार्यक्रमका वक्ताहरुले बताएका छन । उनीहरुले जातिय बिभेदको मुद्धा आमसंचार माध्यमहरुको बिषयबस्तु बन्न नसकेको भन्दै जातीय बिभेद ,अन्यायका बिरुद्ध निरन्तर लाग्नु पर्ने खाचौ औलाएका छन । पछिल्लो समय जातिय बिभेदका सवालहरु थोरै मात्रा समेट्ने प्रयास गरे पनि जति समेट्नुपर्ने हो त्यति हुन नसकेको बताएका छन ।

पछिल्लो समय रुकुम पश्चिम सहित देशका बिभिन्न ठाउँहरुमा भएका जातिय बिभेदको घटना बिरुद्ध नेपाल राष्ट्रिय उत्पीडित विधार्थी संगठन र अनेरास्ववियु उत्पीडित राष्ट्रिय कमिटिको आयोजना गरेको सडक बहस कार्यक्रममा बोल्दै उनीहरुले सो कुरा बताएका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल साप्ताहिकका पुर्व सम्पादक बसन्त बस्नेतले हामीले सामान्य आधारभूत मानवता पनि स्थापित गर्न नसकेको भन्दै दलितको मुद्धा साझा मुद्धा बन्नु पर्ने र यसको निम्ति सबैले आ आफ्नो ठाउबाट लेख र बोल्न जरुरि रहेको बताउनु भयो । जागर मिडियाका अध्यक्ष रेम विश्वकर्माले दलितहरु जन्मेदेखि नै बिभेद भोग्दै आएको र पछिल्लो समय दबिएको आवाज उठाउन खोज्दा अझै पनि दबाउने प्रयास भैरहेको तर्क गर्नु भयो । जसले गर्दा दलित समुदाय थप पिडित भएको बताउदै अब बिभेद र अन्यायका बिरुद्ध संगठित भएर जुट्नुपर्ने धारणा राख्नु भयो । दलित अनलाईनका

अशोक दर्नालले सबै दलितहरुले हरेक ठाउबाट आन्दोलन गर्नु पर्ने बताउदै त्यसम मिडियाले पनि भूमिका खेल्नुपर्ने बताउनु भयो । कार्यक्रम रवि सेन्चुरीको अध्यक्षता , नविन तिवारीको स्वागत र रामलाल राजवंशी विके को संचालन मा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्