RaraNews

प्रकाशित : २०७७/३/१८ गते
१४४८ पटक

शिक्षा बिद प्रा.डा. बिद्यानाथ कोईरालाले सरकारले ल्याएको बैकल्पिक कार्यानवयन गर्न शिक्षकहरुले अगुवाई , तीनै तहका सरकाले बिशेष पहल समन्वय गर्नुपर्ने कुरामा जोड दिनु भएको छ । जागरण मिडिया सेन्टरको साप्ताहिक कार्यक्रम कट्वाल रेडियो पत्रिकासंग कुराकानी गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

असार एक गते देखि सुरु भएको भनिएको बैकल्पिक शिक्षा अझै पनि धेरै ठाउँमा लागु हुन नकसक्नु दुखद भएको बताउदै त्यसमा शिक्षकले अगुवाई गर्नु पर्ने,व्यवस्थापन समितीले आवश्यक व्यवस्था मिलाउने र तीनै तहको सरकारले समन्वय,सहगोग गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो“शिक्षकले रोचक प्रस्तुतीको शैलि अपनाएर अगुवाई गर्ने ,स्थानिय तहले प्रबिधि बाहिर रहेका बिद्यार्थीका लागि ठाउँ ठाउँमा रेडियो,टेलिभिजनको व्यवस्था मिलाउने र सरकारले समन्वय गर्ने हो भने नसक्ने भन्ने हुदैन ।”

सरकारले शिक्षकलाई तताउन नसक्दा र स्थानिय तहले शिक्षकलाई समन्वय र परिचालन गर्न नसक्दा अझै पनि बैकल्पिक पढाई कार्यान्वय हुन सकेको छैन । कोरोना भाईरसको कारणले गर्दा सुरु भएको बन्दाबन्दीले बिद्यार्थीको पढ्ने बानी नछुटेस भनेर ल्याएको बैकल्पिक शिक्षामा जुन सुकै चिजबिज र बस्तुसंग जोडेर व्यवहारीक र जीवन उपयोगी शिक्षा दिन सकिने कुरामा जोड दिनु भयो । “सिकाई भनेको पाठ्यक्रम होईन प्रस्तुती पनि हो त्यसैले एकोहोरो पढाउनु भन्दा पनि प्रश्न गर्दै,मनोरञ्जन दिदै सामान्य कुराहरुबाट व्यवहारीक ज्ञान दिने शैलीमा अध्यापन गराउनुपर्छ ।” उहाँले भन्नु भयो ।


देश भर सत्तरी लाख बालबालिका मध्ये बाईस लाख बालबालिका रेडियो,टेलिभिजनको पहुचमा छैनन त्यसैले कुनै न कुनै माध्यमबाट सबै खालका बिद्यार्थीलाई समेट्नु पर्ने उहाँले बताउनु भयो ।


( शिक्षाबिद प्रा.डा.बिद्यानाथ कोईरालासंग गरिएको कुराकानीको आधारमा)

प्रतिकृया दिनुहोस्