RaraNews

प्रकाशित : २०७७/३/१५ गते
१५७० पटक

नेपालगञ्ज : नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बाँकेले लकडाउन अवधीभरको घरभाडा तथा बैंकको व्याज मिनाह गर्न लगायतका माग राखेर नेपालगञ्ज उप–महानगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।

संघले उपमहानगरपालिकाका उप–प्रमुख उमा थापामगरलाई बुझाएको ज्ञापन पत्रमा बाँकेमा रहेका सम्पूर्ण सिलाई व्यवसायी पेसाकर्मीहरुको समस्यालाई मध्य यनजर गर्दै समस्या समाधानका लागि ४ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको संघका सचिव मो. मोसिन हलवाइले जानकारी दिए ।

ज्ञापन पत्रमा पेशा सन्चालन गर्न लिएको बैङ्कको व्याज तथा करमा विशेष छुटको व्यवस्था गर्नुपर्ने, लकडाउन अवधीभर घरभाडा मिनाहा गर्न स्थानीय सरकारले व्यवस्था गर्नुपर्ने, यस पेशामा संलग्न सबै सिलाई मजदुरको जीवनयापनका लागि विशेष राहतको व्यवस्था गर्नुपर्ने र बैङ्कको साँवा तथा किस्ता तिर्ने समय सिमा माघसम्म तोकिनुपर्ने व्यवस्था गरियोस भनि उल्लेख गरिएको छ ।

संघका अध्यक्ष शालिकराम नगवाग र सचिव हलवाइद्वारा हस्ताक्षरित सो ज्ञापनपत्र बुझ्दै उप–प्रमुख मगरले सम्पूर्ण सिलाई व्यवसायी पेसाकर्मीहरुको समस्या समाधानका लागि पहल गरिने आश्वासन दिएकी छन् ।

प्रतिकृया दिनुहोस्