RaraNews

प्रकाशित : २०७७/३/१० गते
१३०७ पटक

रुपन्देही देवदह ११ की १३ बर्षिय बालिका अंगिरा पासीको न्यायका लागि मंगलबार पनि जिल्ला अदालत रुपन्देही अगाडि धर्ना सहित विरोध प्रदर्शन भएको छ । संयुक्त दलित संघर्ष समिति रुपन्देहीले अंगिरालाई न्याय दिलाउनका लागि प्रहरी प्रशासन र अदालतलाई समेत दबाब दिनका लागि धर्ना सहित प्रदर्शन गरेको हो ।


प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुभाएपछि अदालतमा मुद्धा पुगेको छ । यसअघि पनि जातीय छुवाछुतका घटनामा अदलातले समेत न्याय नदिएकाले अंगिरालाई न्यनय दिलाउनका निम्ति ध्यानआर्कषण गराउन प्रदर्शन गरिएको संघर्ष समितिका संयोजक हरिओम विश्वकर्माले बताउनु भयो । सरकारी वकिल कार्यालयले जबरजस्तीकरणी, जातीय छुवाछुत र आत्महत्या दुरात्साहन गर्ने मुद्धाको अभियोगपत्र जिल्ला अदालत रुपन्देहीमा पेश गरेको छ ।


जिल्ला अदालतमा आरोपितहरुको बयान लिनेक्रम मंगलबारबाट शुरु भएको छ । विरोध प्रदर्शनपछि आयोजित सभामा आज असार १० गतेका दिन अङिरा पासिको हत्यारालाइ अदालत समक्ष पेस गर्ने भयको हुदा हत्यारालाइ हदै सम्मको कार्यबाहिको माग गर्दै सयुक्त दलित संघर्ष समिति रुपन्देहीको धर्ना तथा कोण सभा पूर्व राज्यमन्त्री प्रकाश चित्रकार, संविधानसभा सदस्य बिनोद पहाडी, दलित बुद्धिजिबि डिक बहादुर बिक, नेपाल दलित सघ जिल्ला अध्यक्ष बुद्दिराम हरिजन ,सामाजिक अभियान्ता धुर्ब लामगादे, नेकपा जिल्ला सदस्य उमा अधिकारी, सामाजिक अभियान्त लक्ष्मी केसि, सामाजिक अभियान्ता दलबहादुर बिक, घनश्याम बिकले न्यायका लागि अदालतको ध्यानआर्कषण गराएका थिए ।


प्रहरीको बाक्लो उपस्थितीका विच दलित समुदायले दलितमाथि भएको विभेद र श्रृखलाबद्ध आक्रमणको निन्दा गरेका थिए । अंगिरा पासीको दलित भएकै कारण बलत्कारपछि हत्या भएकाले न्यायका लागि संघर्ष समिति निरन्तर आन्दोलनमा होमिएको सचिव पदम विकले बताउनु भयो । उहाले रुकुम घटना सहित देशैभर भएका जातीय विभेदका कारण भएको हत्या र हिंसाका विरुद्ध सडक संघर्षमा उत्रिएको बताउनु भयो ।

प्रतिकृया दिनुहोस्