RaraNews

प्रकाशित : २०७७/३/८ गते
११०१ पटक

रुकुम नरसंहार र देशभरि दलित समुदाय माथि श्रृंखलावद्व रुपमा भएको हत्या तथा जातिय विभेदका विरोधमा भएको कार्यक्रम का वक्ताहरुले रुकुम पश्चिम हत्याकाण्डले नेपाली समाज लाई लज्जित बनाएको बताएका छन् । नेपाल राष्ट्रिय उत्पिडित विद्यार्थी संगठन र अनेरास्ववियू उत्पिडित राष्ट्रिय सम्पर्क कमिटीको संयुक्त आयोजना मा “समाज निर्माणमा दलित समुदायको योगदान र विभेद” विषयक सडक सभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन । कार्यक्रम मा शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालाले दलित समुदाय ज्ञानवान , सिद्धान्तवान समुदाय भएको बताउदै दलित समुदाय धर्ति जस्तै, रुख जस्तै अटल रहेको र जति लात्तिले हाने पनि कहिले विचलित नभई समाज लाई योगदान गरेको समुदाय उहाँले भन्नु भयो ।

यसको बदलामा यो समुदायलाई सधै विभेद गर्नु , अपहेलित गर्नु ज्यादै निन्दनीय विषय हो । दलित समुदाय लाई पटक पटक राजनिती गरेर राज्यले नै विभेद र अपमानित गरेको छ । रुकुम पश्चिमको हत्या काण्डबारे आफ्नो कुरा राख्दै कोइराला ले निर्मला पन्त मारिदां राजनितिक दलले आफ्नो मुद्दा बनाउन हुने तर छ÷छ जना युवा मारिदां राजनितिक दलले मुद्दा नबनाउनुले राजनिति भन्दा नि जात माथि रहेछ भन्ने कुरा प्रमाणित गरेको बताउनु भयो । उहाले काग्रेस , कम्युनिष्ट, जनता समाजवादी वा कुनै पनि वादी हरुले अहिले पनि दलित समुदायको मुद्दा लाई आफ्नो मुद्दा नबनाएको बताउनु भयो । उहाँले रुकुम पश्चिममा मारिने युवाहरुको सम्झनामा लभ पार्क बनाउन पर्ने धारणा राख्नु भयो । उहाँले भन्नु भयो प्रेमले शुरु गरेको तर जात ले अन्त्य गरेको यस दुखान्त क्षणलाई सहादत दिने नवराज वि. क. सहित छ जनाको शालिक बनाएर यस दिन लाई मानव इतिहास कै कालो दिनको रुपमा सम्झिनु पर्ने बताउनु भयो ।

अबको आन्दोलन लाई क्रिटिकल मास ले नै हाक्नु पर्ने भन्दै अबको लडाई दलित गैरदलित साथसाथै लडेर यो जातिय विभेद लाई अन्त्य गर्नु पर्ने बताउनु भयो । सभालाई सम्बोधन गर्दै डा. तारालाल श्रेष्ठले छुवाछुत र विभेद को विषय कानुन र संविधान मा लेखेर मात्र नघट्ने यसलाई अन्त्य गर्नको लागि सबै न्यायप्रेमी समुदाय लाग्न पर्ने बताउनु भयो । सबै समुदाय एक ढिक्का भएर नलागे सम्म अझै धेरै नवराज वि.क. हरुले ज्यान गुमाउने भन्दै अब पनि तातेनौं भने धेरै ढिलो भइसक्ने भन्नु भयो । श्रेष्ठ ले प्राध्यापन पेशामा रहेका तथा नेपालका विद्वान्हरु जो साम्राज्यवाद विरुद्ध ,उपनिवेशवाद विरुद्ध ,पुरुषवादी अंहकार विरुद्ध भन्दै एकदमै ठुलो क्रान्तिकारी विचारहरु पढेर , थेसिस लेखेर , अनुसन्धान गरेर , आर्टिकल लेखेर आएका व्यक्तिहरु पनि रुकुम पश्चिम नरसंहारमा मौन रहनु भनेको यो वा त्यो बहाना मा त्यस्ता हत्या लाई प्रोत्साहन गर्नु हो तसर्थ आफुलाई क्रान्तिकारी वा विद्वान् हुँ भन्ने ले लाज मान्नु पर्ने उहाँको भनाई थियो ।

सभा लाई सम्बोधन गर्दै लेखक तथा साहित्यकार संगितले यो लडाईं दलित संगठन वा दलित समुदायको नभई यो लडाई आम न्यायप्रेमी हरुको हुन पर्ने बताउनु भयो । उहाँले भन्नु भयो राजनिति र व्यवस्था लाई दोषमुक्त गरेर आन्दोलन अगि बढ्न सक्दैन राज्यव्यवस्था संग को लडाईं नै दलित समुदायको लडाई रहेको उनको भनाई थियों । संगितले दलित समुदाय लाई विभिन्न पार्टीको नाम मा विभाजन नभई दलित मुद्दा को सन्दर्भमा एक ठांउमा उभिएर आन्दोलन गर्न दलित समुदायका नेताहरु लाई आव्हान पनि गर्नु भयो । उनले नवराज वि.क को हत्या लाई लुकाउन हामीले चुनेका जनप्रतिनिधि नै सक्रिय रहेको पनि बताउनु भयो । सभामा नेकपा किर्तिपुरकि नेत्री कल्पना सुनारले पनि सम्बोधन गर्नु भएको थियो । सभा लाई सम्बोधन गर्दै नेराविसं का सह–संयोजक तथा यस आन्दोलका संयोजक रवि सेन्चुरीले दलित समुदायले गरेका योगदान के अपमानको लागि थियो भन्दै राज्य लाई प्रश्न गर्नु भएको थियो । अबको लडाई सबै मिलेर लड्नु पर्ने उहाँको भनाई थियो ।

सभामा दलित समुदायले आफ्ना सीप र श्रृजना मार्फत समाजलाई योगदान दिएको भन्दै विभिन्न आरान का सामाग्री , बाजा , सिलाई मेशिन , सारङगी लगायत का सामाग्री सहित युवा विद्यार्थीहरु साङ्केतिक विरोध गरेका थिए । कार्यक्रम अनेरास्ववियू उत्पिडित विद्यार्थी राष्ट्रिय सम्पर्क कमिटीका उपाध्यक्ष रामलाल राजवशीं वि.के.को संचालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्