विश्वभर कोरोना भाईरस महामारीका रुपमा फैलिरहेको अबस्थामा नेपाल पनि त्यसबाट अछुत रहन सकेन । हाम्रो संस्था छहारीले विगत बाटै महिलाको क्षेत्रमा काम गर्ने हुनाले पनि अहिले महिलाहरु कै लागि काम गरिरहेका छौ । यतिबेला हामीले महिलाहरुलाई हाम्रैं भवनमा ल्याएर राखने काम गरेका छौ । बाहिरबाट आउनेलाई केहि दिन होल्डीङ सेन्टरमा राखेर मात्र घर पठाउने हुनाले पनि हाम्रै भवनमा ल्याएर राखेका हौं ।
लकडाउन शुरु भए संगै हामीले ज्याला मजदुरी गर्ने व्यक्तिहरुलाई खाना खुवाएका थियौं भने यो काम अहिले पनि निरन्तर चलिरहेको छ भने अहिले पछिल्लो समयमा बाहिरबाट आउने महिलाहरुलाई बस्ने को व्यबस्था पनि गरेका छौं ।अहिले हाम्रो सम्पर्कमा आउनु भएका अधिकाशं दलित र जनजाति समुदायका हुनुहुन्छ भने कतिपय लेख पढ गर्न समेत नजान्ने हुनुहुन्छ । हामीले अहिले सम्म ४० हजार भन्दा बढिलाई खाना खुवाई सकेका छौ । खानाको व्यबस्थापन गर्न कुनै अभाब छैन ,हामी संग थुप्रै मनकारी व्यक्तिहरु हुनुहुन्छ जो उहांहरु हाम्रो संस्था मार्फत दिन दुखी र समाज सेवा गर्न चाहाने हुन्छ । हामी उहांहरुको सहयोग मार्फत नै खाना खुवाउने काम गरिरहेका छांै ।
सरकारले पनि हामीलाई शुरक्षित राख्न सहयोग गरेको छ । शुरक्षा निकायले पनि हाम्रो संस्थालाई सक्दो चौबिर्सौ घण्टा सहयोग गरिरहेको छ ।सरकारले महिला शुरक्षा कर्मी र स्वास्थ्यकर्मी हरुलाई हाम्रो संस्थामा खटाएको छ । हाम्रो क्वारेन्टाईनमा महिला दिदी बहिनी हरु सन्तुष्ट हुनुहुन्छ ।
उहांहरुका लागि हामी दैनिक समयकार्य तालिका बनाइदिएका छौ , त्यहि अनुशार उहांहरु आफ्नो सामान आफै मिलाउने ,विभिन्न थरिका मनोरन्जनात्मक कार्यक्रम गर्ने ,कोरोना संक्रमण भयो भने के कसरी गर्ने ,हिशांमा परियो भने कसरी शुरक्षित रहने भनि छलफलमा पनि निरन्तर सहभागि हुनुभएको छ । महिलालाई चाहिने आबश्यकताका सामाग्रिहरु उपलब्ध ग¥र्याउने ,शुरक्षित महशुस गर्ने वाताबरण ,गोपनियता र निरन्तर स्वास्थ्य परिक्षण जस्ता कुराहरु भयो भने मात्र त्यस्ता क्वारेन्टाईनलाई मात्र महिला मैत्रि क्वारेन्टाईन भन्न सकिन्छ ।
यति बेला म आफैले पनि शुरक्षित र व्यबस्थित क्वारेन्टाईन हुनु पर्छ भनि निरन्तर छलफलमा जुटेकी छु ।अहिले प्राय ठाउंमा अव्यबस्थित क्वारेन्टाईन हुदां महिलाहरुले खान,बस्न ,सौचालय प्रयोग गर्न ,बच्चा भएकाहरुलाई स्तनपान ग¥र्याउन र महिनाबारीका बेलामा निकै समस्या परेको छ ।यस्तो समस्या समाधानका लागि स्थानिय जनप्रतिनिधिले विशेष पहल गर्नुपर्ने देखिन्छ ।सरकारले सबै नागरिकलाई समान व्यबहार गर्नु पर्दछ ।सबै नागरिकलाई एउटै नियम बनाउनु पर्छ भने यो जटिल परिस्थितीमा सरकारले मात्र हाईन आ—आफ्नो ठाउंबाट हामी सबै नागरिक शुरक्षित र सर्तक हुदैं समस्या समाधानका लागि पहल गर्नु पर्दछ ।
( मानव अधिकारका लागि एकल महिला समुहका संस्थापक अध्यक्ष तथा अधिकारकर्मी लीली थापासंग गरिएको कुराकानीको आधारमा)