RaraNews

प्रकाशित : २०७७/३/५ गते
११४२ पटक

देशकै जेठो त्रिभुवन विश्वबिद्यालयले शैक्षिक विकाससंगै चेतना स्तर बृद्धि गर्न किन सकिरहेको छैन भन्दै एक कार्यक्रममा बोल्ने वक्ताहरुले आक्रोस पोखेका छन । उनीहरुले आजको २१ औ शताब्दीमा पनि जातिय बिभेदका घटनाहरु बढिरहदा पनि शिक्षित भनिएकाहरु किन मौन छन ? कस्तो चेतना स्तरका शैक्षित व्यक्तिहरु विश्वबिद्यालयले उत्पादन गरिरहेको छ भन्ने प्रश्न गरेका थिए । कस्ता जनशक्ति तयार गरयो र उनीहरुले सामाजिक विकृति अन्त्य गर्नका लागि कस्तो भूमिका खेलेका छन, स्वयं विश्व विद्यालयहरुले कस्तो भूमिका खेलको छ भन्ने विषयमा अब वहस हुन जरुरी छ । त्यसैले अब विश्वबिद्यालयले सबै खाले बिभेदका बिरुद्ध पाठ्यक्रम बनाएर लैजान पनि सुझाव दिएका छन ।

पछिल्लो समय देशका बिभिन्न ठाउँमा भएका जातिय बिभेदका घटनाको बिरोध स्वरुप त्रिभुवन विश्वबिद्यालय किर्तिपुर काठमाडौमा शुक्रबार भएको सडक बहसमा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन । नेपाल राष्ट्रिय उत्पिडित विद्यार्थी संगठन र अनेरास्ववियु उत्पिडित राष्ट्रिय सम्पर्क कमिटीको संयुक्त आयोजना गरेको कार्यक्रममा प्रो.डा.संजीव उप्रती ,लेखक युग पाठक,लेखक तुलानारायण शाह लेखक मेघराज रसाईली,लेखक कैलाश राई लगायतले आ आफ्ना धारणा राख्नु भएको थियो । कार्यक्रमको सयोजक रवि सेन्चुरी, सन्चालक रामलाल राजवशी विश्वकर्माले गर्नु भएको थियो ।

बिद्यार्थी संगठनहरुले पनि रुकुम पश्चिममा भएको नरसंहार भए यता निरन्तर बिभिन्न खालका बिरोध सभा कार्यक्रम गर्दै आएका छन । यस अघि पनि त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा निधारमा कफन र टाउकोमा किताब राखेर सांकेतिक विरोध सभा सम्पन्न भएको छ ।

प्रतिकृया दिनुहोस्