RaraNews

प्रकाशित : २०७७/३/२ गते
१०८१ पटक

रुकुम चौरजहारी नरसंहार योजनावद्ध भएपनि मुचुल्का र पोष्टमार्टममा गम्भीर षडयन्त्र गरेर घटनालाई भवितव्य बनाउन लागिएको अध्ययन प्रतिवेदनबाट खुलेको छ । केन्द्रमा प्रतिनिधित्व गर्ने स्थानीय जनप्रतिनिधिहरुको भूमिका घटनाको सवालमा रहस्यमय देखिएको छ । जाजरकोटका संघीय सांसद शक्तिबहादुर बस्नेत घटनाका बारेमा मौन बसेको र स्थानीय पीडित परिवारलाई समेत सम्पर्क नगरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

घटनाको छानवीनमा सरकार र राजनीतिक दलहरुको भूमिका कमजोर देखिएको छ । नवराज विक सहितका १८ जनालाई चारैतिरबाट घेरेर  कुटेपछि ६ जनालाई मारेर नदीमा फालिदिएको तथ्य प्रतिवेदनमा उल्लेख छ । लेखक युग पाठक लगायतको टिमले रुकुम जाजरकोटको स्थलगत अध्ययन गरी मंगलवार प्रतिवेदन सार्वजनिक गरेको छ ।प्रतिवेदनका अनुसार घटना सुनियोजित हत्या हो । हत्या काण्डको नाभीमा जातीय विभेद देखिएको छ ।

घटनालाई भवितव्य देखाउने सुनियोजित प्रयास भइरहेको प्रतिवेदनमा उल्लेख छ । प्रहरीको भूमिका शंकास्पद देखिएको छ, घाईतेलाई तत्काल नियन्त्रणमा लिएको प्रहरीले हत्यामा संलग्नलाई भने नियन्त्रणमा लिएको थिएन । प्रमाणहरु संरक्षण र संकलनमा प्रहरीको भूमिका शकास्पद देखिएको प्रतिवेदनमा उल्लेख छ । अध्ययन टोलीमा जेवी विश्वकर्मा, राम नेपाली, सङ्गीत, शुष्मा बराली, मोहन साशंकर र बिजय विश्वकर्मा छन् ।

Source – Kathmandupage

प्रतिकृया दिनुहोस्