RaraNews

प्रकाशित : २०७७/३/१ गते
११०९ पटक

अन्तरजातीय विवाहका कारण ६ जनाको ज्यान गएको पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोती घटनाको अनुसन्धान सकेर अदालतमा आइतबार मुद्दा दर्ता भएको छ।

जाजकरकोटका नवराज विकले अन्तरजातीय विवाह गर्दै आफ्नी प्रमेकीलाई भित्र्याउन लाग्दा ६ जनाको हत्या भएको थियो। घटनामा कसरी भयो भन्नेबारे नवराजकी प्रेमिका भनिएकी किशोरीको बाबुको बयान यस्तो छ।

जेठ १० गते दिनको समयमा म ढुङ्गा खानीमा काम गरी रहेको अवस्थामा सोही दिनको अन्दाजी ५ बजेको समयमा मेरो श्रीमती प्रकाशीले फोन गरी उही पुरानो केटो नवराज बिकले फेरी १७/१८ जना केटाहरु ल्याई घरमा आउँदै थियो। मैले गाली गलौज गरी पठाएँ। अहिले तलतिर लागेका छन्, के गर्ने भनेकी थिइन्। तत्कालै म घरमा आई हेर्दा केही केटाहरु घर देखी पर, तलतिर हिड्दै गरेको देखँ। मैले श्रीमतीलाई तिनीहरु के कता जान्छन् पिछा गर्दै गर भनी श्रीमती पिछा गर्न गएकीले  मैले सोही मौकामा प्रतिवादी डम्बर बहादुर मल्ललाई फोन गरी मृतक नवराज बिकले धेरै केटाहरु ल्याई मेरो घरमा आएको छ के गर्ने भन्दा निजले त्यसो भए त्यसलाई जतिपटक सम्झाउदा पनि लागेनछ आज तह लगाउनु पर्छ भने। 

म अरु सबैलाई खबर गर्छु पिछा गर्दै गर्नु नियन्त्रणमा गर्नुपर्छ म पनि आऊँछ भनेकाले म निजहरुको पिछा गर्दै बसेको अवस्थामा प्रतिवादी डम्बर बहादुर मल्ल समेत हामीहरु भएको ठाउँमा आए। म तथा सोही ठाउँमा भेला भई बसेकी मेरी श्रीमती, प्रेम बहादुर ठकुरी, डिल्ली मल्ल , समेतका प्रतिवादीहरुसँगै केटाहरु भएतिर गएका हौं।

अन्य प्रतिवादी डम्बर बहादुर मल्लले भने अनुसारका व्यक्तिहरु समेत गाउँतिरबाट झरेका रहेछन्। हामीहरु मध्य पहाडी लोकमार्ग सडकमा पुग्नै लाग्दा मृतक सहितका केटाहरुलाई तलतिर झरेको देखी सबै प्रतिवादीहरुले चारैतिरबाट पछाडीबाट ढुङ्गा, लाठी हान्दै लखेट्दै लिए पश्चात निज केटाहरु बाध्य भई भेरी नदीको बगर तिर दौड्दै हाम फाल्दै थिए। 

ति मध्येका १ जना केटालाई प्रतिवादी प्रेम बहादुर ठकुरी समेतका प्रतिवादीहरुले नियन्त्रणमा लिएका थिए। अन्य सन्तोष मल्ल, मोहन पुन मगर, विनोद मल्ल, बिष्णु मल्ल, परिवर्तित ५४ रुकुम पश्चिम ३९, टोप बहादुर मल्ल, परिबर्तित नाम ५४ रुकुम पश्चिम (३६) ३ र डम्बर बहादुर मल्ल समेतका प्रतिवादीहरुले मृतक समेतका केटाहरुलाई पछाडीबाट लाठी ढुङ्गा हान्दै लखेटे। र भेरी नदी र्पुयाई मारेका थिए। 

म समेत पछि पछि गएको थिएा। निजहरुले नदीको बिच भंगालोमा समेत कुटपिट गरिरहेका थिए। पछि सो स्थानबाट नदीमा हाम फाल्न नसकेका ५ जनालाई नियन्त्रणमा लिएर कुटदै आईरहेका थिए। नदी वारी रहेका ७ जना केटाहरुलाई नियन्त्रणमा लिएका हौं। नदी तरी गएका केटाहरुलाई समेत अन्य प्रतिवादीहरुले कुटपिट गरिरहेको देखेको हुँ।

nepallive.com

प्रतिकृया दिनुहोस्