RaraNews

प्रकाशित : २०७७/३/१ गते
१२११ पटक

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा ६ जनाको हत्या भएको घटनाको मुख्य केन्द्रमा सोतीकै मल्ल थरकी एक किशोरी छन्। यो हत्याको मुख्य कारण उनै किशोरी र जाजरकोटको भेरी नगरपालिकाका नवराज विकको प्रेम सम्बध रहेको देखिएको छ।

यही केन्द्रमा रहेका दुई पात्रमध्ये एक नवराज विकको ज्यान गइसकेको छ भने अर्की पात्र उनकी प्रेमिका अहिले प्रहरी हिरासतमा छन्। ती किशोरीले घटनाका बारेमा प्रहरी समक्ष यस्तो बयान दिएकी छिन्।

मृतक नवराज बिकले मिति २०७५ साल फागुन महिनामा मलाई फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाएको थियो। मैले एक्सेप्ट गरी सोही मिति देखी साथी भई कुराकानी र भेटघाट हुने गथ्यो।

परिचय हुँदै गएपछि, मिति २०७६ साल पौष १४ गते जाजरकोट खंलगामा रमाईलो मेला लागेकाले मेला हेर्न गएको मौकामा नवराजसँग भेट भएकोले सो रातमा नवरावजै घरमा बाँस बसेँ। भोलिपल्ट घर गएकी हुँ। सो पश्चात पनि मिति २०७६ पौष महिना गते एकिन भएन, नवराज बिकको बहिनी नाता पर्ने मेरो साथी पूजा भन्नेको भाईको जन्मदिनमा गएको मौका समेत भेट भएकोले सो दिन समेत नवराजकै घरमा गई सुतेँ। भोलिपल्ट घर फर्किए। 

सो समयमा मृतकका घर परिवारले मलाई विवाह गरी आएकी भन्ने सोचेका रहेछन्। तर म विवाह गरी गएकी होईन, निजले फोनमा मलाई विवाह गरौं भनि कुरा गर्दथ्यो, तर मैले मेरो उमेर सानै छ भन्दै आएकी थिए।

निजको घरमा बसेको त्यति नै हो। मलाई मिति एकिन भएन मृतक नवराज बिकले आफ्नो साथी चरी भन्नेलाई साथमा ल्याई मेरो घरमा आई म र बज्यै घरमा सुतिरहेको अवस्थामा झ्यालबाट ढुङ्गा र मकैको खोया समेतले हान्दै गरेको बज्यैले देख्नु भएको रहेछ। 

भोलिपल्ट बिहान पनि निज नवराज बिक समेत मेरो घर नजिकै हिडिरहेको देखी मेरो बुवा आमा समेतले संम्झाई आफ्नो घर तर्फ पठाएकोमा २०७७ साल बैशाख महिनाको गते याद भएन, निजले आफ्नो साथी सन्जु बिकलाई ल्याई मेरो गाउँमा आएको रहेछ। 

तर मैले देखिन गाउँलेले भनेको सुनेकी थिएं। मिति २०७७।०१।१७ गते राती ८/९ बजे समेत निजले अन्य २ जना साथीहरुलाई ल्याई मेरो घर नजिकै आएको मौकामा मेरो बुवा, आमाले थाहा पाई वडा अध्यक्ष प्रतिवादी डम्बर बहादुर मल्ल, विनोद मल्ल लाई समेत खबर गरी निजलाई गाउँलेहरु भेला जम्मा भई नियन्त्रणमा लिई राति नै प्रहरीलाई बुझाई छोडेका थिए। 

मेरो घरमा आई बस्ने गरेको थिएन, मैले मृतक नवराज बिकलाई फेसकुबमा ब्लक गरँे देखी निजसँग कुनै कुरा भएन। मेरो भाईको मोबाईलबाट म्यासेजमा कुराकानी भएको थियो।  

वारदातको दिन नवराज बिकले केटाहरु ल्याएर आउँदै छन् भन्ने कुरा मलाई थाहा थिएन।  मेरो बहिनी नाता पार्ने सुस्मा मल्लसँग निज नवराज बिकले लकडाउन खुलेपछि मलाई लिन केटाहरु लिएर आउँछु भनेर भनेको रहेछ। सो कुरा निज बहिनीले मेरो आमालाई भनेकी रहेछ सो कुरा आमाले मलाई मिति २०७७।०२। १ र २ गते तिर भनेपछि मात्र थाहा पाएकी थिएँ। 

मिति २०७७।०२।१० गतेको दिन म घर कोठामा टिभी हेरी रहेकी थिए। मेरो घर नजिक नवराज बिक समेतका केटाहरु आएको अवस्थामा मेरो आमाले गाली पठाउनु भएको रहेछ।  सो कुरा आमाले मलाई भनेपछि थाहा पाई बाहिर आउँदा गाउँका महिलाहरु भेला जम्मा भएका थिए। 

तर मैले केटाहरुलाई देखिनँ। म घटनास्थलमा गएकी छैन। सो दिनको दिउँसो के कसो भयो मलाई थाहा छैन। सोही दिनको साँझ डिल्ली मल्ल मेरो घरमा आई २ जना केटाहरु भेरी नदीमा बगे भन्ने कुरा आमासँग गरेपछि थाहा पाएकी हुँ। 

भोलिपल्ट साथीहरुसँग फेसबुकमा कुराकानी हुँदा नवराज बिकको मृत्यु भएको सुनेँ। पछि बुझ्दा मेरो बुवा, दाई समेतले नवराज बिक समेतलाई लखेट्दै घेरा हाल्दै वारदात स्थानमा पुर्‍याई ६ जना केटाहरुलाई कुटपिट गरी मारेको पूर्ण विश्वास लाग्छ।

प्रतिकृया दिनुहोस्