RaraNews

प्रकाशित : २०७७/३/१ गते
१८७३ पटक

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय छुवाछुतलगायतका कसुरमा ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुमा दायर भएको मुद्दाबारे जिल्ला अदालत रुकुममा अहिले बहस भइरहेको छ। जाजरकोटका नवराज विक रुकुमको चौरजहारी नगरपालिका-८ सोतीकी आफ्नी प्रेमिकालाई लिन भनेर जेठ १० गते सोती गएका थिए। नवराजसहित १९ जना सोती पुगेका थिए।

उनीहरुमध्ये ६ जनाको हत्या भएको छ। हत्याको कारण भने जातीय रहेको प्रहरी अनुसन्धानले देखाएको छ। यस घटनाका बारेमा प्रहरीले धरै जनासँग बयान लिएको छ। यी मध्ये पक्राउ परेर अहिले हिरासतमा रहका किशोरीका दाजुले दिएको बयान यस्तो छ।

मेरो बहिनी परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६) र मृतक नवराज बिकबिचमा प्रेम सम्बन्ध भई पटक पटक मेरो घरमा आउने गरेको थाहा छ। निज नवराज बिकदलित केटा भएकोले म समेतको घर परिवारको चित्त बझेको थिएन। 

निज पटक पटक आउने गरेकाले पुनः आएमा मारीदिने योजना बनाएका थियौं। मिति २०७७।०२।१० गते अन्दाजी १६ः४५ बजेको समयमा म र मेरो बुवा परिबर्तित नाम ५४ रुकुम पश्चिम (३६) १ घर नजिकै रहेको ढुङगा खानीमा काम गरिरहेका थियौं। 

सोही बेला नवराज विक समेतका केटाहरु आएको देखी मैले मोबाइलबाट आमालाई फोन गरी नवराज बिक समेतका केटाहरु घरतिर आउँदै छन भनी खबर गरी बुवा र म दौड्दै घरमा जाँदा केटाहरु मेरो घरमा आएकोमा आमाले गाली गरेपछि फर्केर गईसकेका रहेछन्। 

तत्काल मैले प्रतिवादी विनोद मल्ललाई फोन गरी नवराज बिकसमेतलाई पिछा गर्नु भनेँ। बुवा, वडा अध्यक्ष डम्बर बहादुर मल्ल समेतलाई फोन गरी बोलाए पछि डम्बर बहादुर मल्लले समेत अन्य प्रतिवादीहरुलाई खबर गरेपछि निज नवराज बिक समेतलाई मार्नका लागि बुवा, डिल्ली बहादुर मल्ल ठकुरी समेतका प्रतिवादीहरु पैदल हिडेर पिछा गर्दै गए। 

म आफ्नो रा ३प ८०६७ नम्बरको मोटरसाइक चढी सडक बाटो जादै गर्दा मध्य पहाडी सडक बाटोमा प्रतिवादी मध्येका हर्क बहादुर मल्ललाई भेटी निजलाई मेरो मोटरसाइकलको पछाडी राखी नवराज बिक समेतका केटाहरुलाई पिछा गर्दै गयौं। सो क्रममा अन्दाजी १८ : १५ बजेको समयमा जिल्ला रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ गोईरी औलस्थित मध्य पहाडी सडकमा पुग्दा नवराज बिक समेतका केटाहरुलाई फेला पारी म र माथीबाट पिछा गर्दै आएका जाहेरी दरखास्तमा उल्लेख भएका अन्य प्रतिवादीहरुलाई छेका हाल्यौं। 

नवराज बिक समेतलाई ढुङ्गा लाठी समेतले प्रहार गर्दै लखेट्दै भेरी नदीको सानो पानी भएको भंगालोबाट पारि बिच बगरमा पुर्‍याई नवराज बिक समेतलाई लाठी, ढुङगा समेतले टाउँको समेतको शरीरमा मर्ने सम्मको चोट पर्ने गरी प्रहार गरी कर्तव्य गरी मारी भेरी नदीमा बगाइलियौं। अन्य ५ जना केटाहरुलाई कुटपिट गरी घाइते बनाई नियन्त्रणमा लिएका हौं।

भेरी नदी मारी गएका ५ जना केटाहरुलाई समेत केही प्रतिवादीहरुले पौडी खेली पारी गई कुटपिट गरी नियन्त्रणमा लिएका हुन्। म समेतले नवराज बिक समेतका केटाहरुलाइ कर्तव्य गरी भेरी नदीमा बगाएका हौं भन्ने समेत व्यहोराको बयान।

nepallive.com

प्रतिकृया दिनुहोस्