RaraNews

प्रकाशित : २०७७/३/१ गते
१३१४ पटक

६ जनाको ज्यान जाने गरी भएको रुकुम पश्चिम चौरजहारी घटनामा रुकुम चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष डम्मरबहादुर मल्लले आफूले कसैलाई कुटपिट नगरेको बताएका छन्। यसका साथै उनले कसले ती व्यक्तिहरूलाई मारेको समेत जानकारी नभएको प्रहरी समक्ष बयान दिएका हुन्। 

वडाध्यक्ष मल्लले रुकुम पश्चिम प्रहरीले भने उनीसहित ३४ जनालाई प्रतिवादी बनाउँदै आइतबार जिल्ला अदालत रुकुममा मुद्दा दायर गरेका को। 

छिमेकी जिल्ला जाजरकोटका युवा नवराजसहित रुकुम सोतीकी युवतीसँग प्रेम बसेको थियो। उनलाई भगाएर लिनका लागि नवराजसहित १९ जना जेठ १० गते रुकुम पुगेका थिए। तर उनीहरूलाई गाउँलेले मिलेर हत्या गरेको आरोप लागेको छ। 


सुरक्षा/अपराध
रुकुम घटना : मैले कसैलाई कुटपिट गरेको होइन, कसले मार्‍यो थाहा भएन [वडाध्यक्ष मल्लको बयान]

64x64

तीर्थराज निराैलासोमबार, असार १, २०७७, १४:५१316Shares

facebook sharing button
twitter sharing button
sharethis sharing button
1140x725
फाइल तस्बिर

काठमाडौं– ६ जनाको ज्यान जाने गरी भएको रुकुम पश्चिम चौरजहारी घटनामा रुकुम चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष डम्मरबहादुर मल्लले आफूले कसैलाई कुटपिट नगरेको बताएका छन्। यसका साथै उनले कसले ती व्यक्तिहरूलाई मारेको समेत जानकारी नभएको प्रहरी समक्ष बयान दिएका हुन्। 

वडाध्यक्ष मल्लले रुकुम पश्चिम प्रहरीले भने उनीसहित ३४ जनालाई प्रतिवादी बनाउँदै आइतबार जिल्ला अदालत रुकुममा मुद्दा दायर गरेका को। 

छिमेकी जिल्ला जाजरकोटका युवा नवराजसहित रुकुम सोतीकी युवतीसँग प्रेम बसेको थियो। उनलाई भगाएर लिनका लागि नवराजसहित १९ जना जेठ १० गते रुकुम पुगेका थिए। तर उनीहरूलाई गाउँलेले मिलेर हत्या गरेको आरोप लागेको छ। 

यस्तो छ मल्लले जेठ २६ गते प्रहरीसमक्ष दिएको बयान जस्ताको तस्तै:

मिति २०७७।०२।१० गते दिन भर म धानको बिउ राख्नको लागि खेत बारीमा थिएं, काम सके पश्चात अ.१६:४५ बजेको समयमा म वडा कार्यालय नजिक रहेको कोराना रोग सम्बन्धीको क्वारेन्टाईनमा व्यवस्थापनमा खटिएको टिमलाई सल्लाह सुझाव दिनको लागि गएको थिए, सोही ठाउँमा रहेको अवस्थामा प्रतिवादी मध्येका टोप बहादुर मल्लले मोबाईल नं.९८……५ बाट मेरो सम्पर्क नं.९८…३ मा अ.१७:०० बजेको समयमा फोन गरी जाजरकोटबाट २०/२५ जना केटाहरु हाम्रो गाउँको ढुङगेखाली तिर जादै छन, उकालो लागेका छन भन्ने सुचना दिएकाले मैले सो सुचना पाएको अ.१०/१५ मिनेटपछि मात्र ईलाका प्रहरी कार्यालय रुकुम पश्चिममा फोन गरी ढुङगे खानीमा जाजरकोटबाट  १५/१६ जना केटाहरु आएका छन रे तिनीहरुलाई नियन्त्रणमा लिनु पर्‍यो भन्ने कुरा जानकारी गराएको थिए, उक्त समयमा वडा सदस्य गोरखे घर्तीसँग समेत कुरा भएको थियो, मैले प्रहरीलाई जानकारी गराईसकेपछि प्रतिवादी मान बहादुर मल्ल, टोप बहादुर मल्ल सँग पुन:कुरा भए पश्चात परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६(१) ले अ.१७:४० बजेको समयमा मोबाईल नं.९८…५बाट मलाई फोन गरी गाउँमा जाजरकोटका केटाहरु आएका छन, गोईरी गाउँतिर जादै छन भनेका मैले निजलाई कति जना केटाहरु छन गन्ती गर्नु निग्रानी गर्नु भनेको थिएँ। 

त्यसपछि प्रतिवादी नेत्र बहादुर मल्लले ९…३ नं.को आफ्नो मोबाईलबाट मलाई फोन गरेकाले निजसँग समेत कुराकानी भएको थियो, त्यस पश्चात नगरपालिकाका स्वम् सेवकहरु समेत क्वारेन्टाईन अवलोकन गर्न आएकाले निजहरुलाई समेत केटाहरु आएको जानकारी गराई नियन्त्रणमा लिनुपर्छ भनी म क्वारेन्टाईनबाट सोझै गाउँतिर गएको हुँ।

गाउँतिर गएपश्चात प्रतिवादी मान बहादुर मल्ल या नेत्र बहादुर मल्ल मध्ये एक जनाले मलाई फोन गरी केटाहरु औल तिर झर्दै छन भन्ने जानकारी गराएको तर मैले त्यति बेला केटाहरुलाई गाउँमा देखिन, सोही सुचनाको आधारमा म केटाहरु खोज्दै जाँदा घटनास्थल भएको मध्य पहाडी सडकमा पुग्दा एक जना स्याला घर बताउने कार्की थर भएको केटालाई प्रतिवादी प्रेम बहादुर मल्ल र डिल्ली मल्लले नियन्त्रनमा लिएको देखेको हुँ, अन्य प्रतिवादीहरु पछिबाट दौड्दै आउँदै थिए अन्य केटाहरु म भन्दा अगाडी नदी बगर तिर दौड्दै गईसकेका रहेछन्।

उनीहरुलाई देखिन, म भन्दा अगाडी गएका अन्य प्रतिबादीहरुले लखेटेका रहेछन, मैले प्रेम बहादुर मल्ल समेतले नियन्त्रणमा लिएको सो केटालाई नियन्त्रणमा लिई राख्ने काम गरेको हुँ, म गाउँबाट झर्ने क्रममा प्रहरीले अन्दाजी १८:०९ बजेको समयमा फोन गरी हामी त ढुङगे खानी भन्ने ठाउँमा आई पुगियौं तपाई कहाँ हुनुहुन्छ भनी फोन गरेकाले मैले औलतिर आऊनुहोस भनेको अ.१०/१५ मिनेट पछि प्रहरीहरु औल (घटनास्थल)मा आई म सँग भेट भएकाले हामीले नियन्त्रणमा लिएको एक जना केटालाई प्रहरीको जिम्मा लगाएका हौं, प्रहरी आईसके पश्चात मात्र स्वम् सेवक समेतको टोली घटनास्थलमा आईपुगेको थियो । बाँके घर बताउने २ जना केटाहरुलाई समेत ल्याईयो र अन्तमा ४ जना केटाहरु ल्याई ७ जना केटाहरुलाई प्रहरीले बाटोमा ल्याई सँगै राखेका हुन्। 

ती केटाहरु मध्ये दाह्री पालेको मोटो केटालाई मुखमा चोटपटक लागेको देखेको हुँ , सो ठाउँमा प्रतिवादीहरु प्रेम बहादुर मल्ल, डिल्ली मल्ल, मान बहादुर मल्ल, तुल बहादुर मल्ल, समेतलाई देखेको हुँ, नदी पारी समेत मान्छेहरु हिड्दै गरेको देखेको थिएँ। ५ जना केटाहरु नदी पारी फेला परेको पछि सुनेँ। अन्य प्रतिवादीहरु के कता थिए देखिनँ। म घटनास्थल पुगेपछि अन्तमा ३ जना मानिसहरु भेरीमा बगे भन्ने कुरा प्रतिवादी प्रेम बहादुर मल्ल र तुल बहादुर मल्लले भनेपछि सुनेको हुँ। मैल कसैलाई कुटपिट गरेको होइन। मृतक नवराज विकसमेत निजसँग रहेका ६ जना मृतकलाई कस्ले कर्तव्य गरी मार्‍यो मलाई थाहा भएन भन्नेसमेत व्यहोराको मिति २०७७।०२।२६ गतेको बयान।   

nepallive.com

प्रतिकृया दिनुहोस्