RaraNews

प्रकाशित : २०७७/३/१ गते
२६१२ पटक

रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा ३४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ।

सोतीकी मल्ल थरकी एक युवतीसँग भएको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न भन्दै गत जेठ १० जाजरकोटका नवराज विकसहित १९ जना सोती पुगेकामध्ये ६ जनाको हत्या भएको थियो। सोही घटनाका ३४ अभियुक्तविरुद्ध प्रहरीले आइतबार अदालतमा मुद्दा दायर गरेको छ। उनीहरूले प्रहरी समक्ष दिएको बयान नेपाललाइभले प्रकाशन गरेको छ।

यस्तो छ, किशोरीकी आमा प्रकाशी मल्लको बयान 

जेठ १० गते नबराज बिकसमेतका केटाहरु मेरो घरमा आएको अवस्थामा निज नबराज बिकलाई मैले जातिय बिभेद हुने शब्द डुम समेत भनि गाली गरे। त्यसपछि उनीहरु फर्केर गए। नबराज बिकसमेतका केटाहरुलाई मार्ने पुर्ब योजना मेरो श्रीमान् वीरबहादुर र वडाध्यक्ष डम्बर बहादुर मल्ललाई बोलाई पिछा गर्दै जाने क्रममा रुकुम चौरजहारी नगरपालिका वडा न ८ औल जिउला भन्ने स्थानमा फेला पार्यौं। त्यसपछि छेका हाली ढुङ्गा हँसिया समेतले प्रहार गरी भेरी नदीको किनारमा पुर्याई नबराज बिक समेतलाई कर्तब्य गरी मारी भेरी नदीमा बगाएको र सुदिप खड्का समेतलाई कुटपिट गरी नियन्त्रमा लिई घटना घटाएको सत्य हो। 

मेरो छोरी परिबर्तित नाम ५४ रुकुम पश्चिम (३६)  र नबराज बिकबिच फेसबुकमार्फत चिनजान भएको रहेछ। पटक पटक निज नबराज विक समेतका केटाहरु मेरो घरमा आउने गरेको कुरा थाहा छ। 

मेरी भतिजी नाता पर्ने सुस्मा मल्ल ठकुरीसँग नबराज बिकले मेरी छोरीलाई घरबाटै थुतेर लैजान केटाहरु लिएर जान्छु भन्ने कुरा गरेको थाहा पाई मिति जेठ १० गते निज भतिजीलाई मैले फोन गरी बुझ्दा निज नबराज बिकले मेरी छोरीलाई लैजान केटाहरु ल्याएर आउदैछ भन्ने थाहा पाएँ। 

निज दलित भएकोले छोरीलाई बिवाह गरी लिए पछि बेइजत हुने भएकाले बेइजत हुनु भन्दा केटाहरु लिएर आए निजहरुलाई मारी दिए बिबाह हुन नपाउने भएकोले निज नबराज बिकले केटाहरु लिएर आए मारी दिने भनि घरपरिवारले सल्लाह गरि योजना बनाएका थियौं। 

हामीले योजना बनाई बसेको अबस्थामा मिति जेठ १० गते अन्दाजी ५ बजेको समयमा मेरो छोरी घर भित्र टिभी हेरी बसिरहेको र म घर बाहिर आँगनमा रहेको अबस्थामा नबराज बिक समेतका केटाहरु आएको देखेँ। नबराज बिकलाई तँ डुम फेरि किन आईस आज मर्छस् भनि धम्की दिई गालिगलौज गरी कराउँदै मेरो श्रीमानलाई फोन गरे। 

नबराज विक समेतका केटाहरु घरमा आएका छन् भनि खबर गरे पछि निज केटाहरु घर देखि तल तिर गएको र पूर्व योजना बमोजिम मेरो श्रीमानले वडा अध्यक्ष डम्बर बहादुर मल्ललाई खबर गरे। पछि वडा अध्यक्षले पूर्व सल्लाह र योजान बमोजिम गाउँमा खबर गरेको र मैले नबराज विक समेतका केटाहरुलाई तलसम्म निग्रानी गरेको थिएँ। 

केही समयपछि मेरो श्रीमान, छोरा, मोहन पुन समेत घरबाट संगै केटाहरुलाई पिछा गर्दै गएका थिए भने केही तल वडा अध्यक्ष डम्बर बहादुर मल्लले बोलाएका थिए। 

अन्य जाहेरी दरखास्तमा उल्लेखित प्रतिबादीहरु समेतका गाउँका मानिसहरु आई हातमा लाठी ढुङ्गा, हँसिया समेत लिई मेरो घर देखि तलको सडकतर्फ नबराज बिक समेतका केटाहरुलाई नियन्त्रणमा लिई मार्नको लागी चारैतिर बाट घेरा हाली लखेट्दै गएका थिए। 

nepallive.com

प्रतिकृया दिनुहोस्