RaraNews

प्रकाशित : २०७७/२/३० गते
९२६ पटक
धनुषाको सबैला नगरपालिकामा शम्भु सादाको हत्यारालाई कारवाहीको माँग गर्दै शुक्रबार हजारौं दलित समुदायले विशाल जनप्रर्दश्न  गरेका छन् । आमसभालाई प्रहरीले बल प्रयोग गरी तितरवितर गर्न खोजेपनि स्वस्र्फूत रुपमा हजारौंका संख्यामा दलितहरु सहभागि भएका थिए । जिल्लाभरिको दलितहरु १०बजे देखि नै सबैला उपस्थित हुन थालि सकेको थियो । पुर्व निर्धारित कार्यक्रम भएकोले धनुषाको संपुर्ण सुरक्षा निकायको बाक्लो उपस्थित रहेको थियो, सूरुमा रोकने प्रयास गरेपनि दलितको जनसागर देखेर सुरक्षाकर्मी पछाडि हट्न वाध्य भएको थियो

नगर प्ररिक्रमा गरेर कार्यक्रम सबैला बजारको सार्वजनिक मंचमा दलित अधिकारकर्मीहरुको अगुवाईमा हजारौ दलित उत्पिडितहरुको उपस्थितिमा चार घण्टा कार्यक्रम चलेको थियो ।  प्रहरी प्रसासन तथा केही राजनीतिक समुहको मिलोमतोमा  शंभु सदाको हत्या गरेर आत्महत्या बताएर घटनालाई सामसुम पार्न खोजेको आरोप पिडीत पक्षको छ । कार्यक्रममा मृतक शंभु सदा लाइ श्रध्दांजलि दिदैं  विभिन्न जिल्लाबाट आएका दलित अगुवाहरुले आ आफ्नो आक्रोस पोखेका थिए ।

विरोध सभामा सबैला नगरपालिका मेयर विजयशंकर साह, वडा अधयक्ष प्रदीप महता सिरहाबाट राम स्वरूप सदा, धर्मवीर पासवान, सप्तरि बाट शलिता सदा,,सर्लाहीको पच्चु माझि मुसहर,  महोतरीबाट शिवा सदा तथा धनुषा जिल्लाको स्थानिय अगुवाहरु दिप नारायण दास, शत्रुघ्न महरा, सुरतलाल विश्वकर्मा, जोगेंद्र महरा, तिलक परियार, प्रमिला सदा, कृष्ण कुमारी तामांग, सोति पासमान इत्यादि दर्जनौ वक्ताहरुले शंभु सदाको न्यायको लागि शृंखलाबद्ध आंदोलन जारि रहने घोषणा गरेका थिए ।

देशै भरि दलितको शृंखलाबद्ध भइरहेको रुकुमको जातिय नरसंहार, रुपन्देहिको अगिंरा पासि, रुपन्देहिकै सामुहिक हत्याको पनि चर्चा गरिएको थियो । अब दलितहरुले पृथक शक्तिको निर्माण गरि निरंतर संघर्षको विकल्प नरहेको सामुहिक अवाज वक्ताहरुले उठाएको थियो । शनिबार प्रहरी निरिक्षक चन्द्र भुषण यादव लगायतको आरोपी उपर जाहेरी दरख्वास्त दिने तय भएको आन्दोलनकर्मीमध्येका एक चन्देश्व दासले बताए । कार्यक्रममा विभिन्न संघ संस्था तथा व्यक्तिहरुले आन्दोलनको लागि तथा पिडित परिवारको लागि आर्थिक सहयोग पनि गरेको थिए । 

‘अन्याय अत्याचार विरुद्ध प्रतिकार, शम्भु सादाको हत्यारालाई फासि’ नाराका साथ शुरु भएको ‘विरोध सभा’लाई सम्बोधन गर्दै राष्ट्रिय मुसहर संघका केन्द्रिय अध्यक्ष चन्देश्वर सदाले रक्षकले नै भक्षक भएपछि जनताको विश्वास गुमेको बताउँदै दलित युवालाई षड्यन्त्र पूर्वक हत्या गर्नेमाथि कारवाही नभएमा विभिन्न चरणको आन्दोलन गर्ने उद्यघोष गर्नु भएको थियो । 

प्रहरीद्वारा हत्या आशंकामा घटनाको निष्पक्ष छानविन गरी दोषीमाथी कारबाही,पिडित परिवारलाई उचित क्षतिपुर्ति र आन्दोलनको क्रममा घाईते भएकाहरुको उपचारको माग गर्दै सबैला नगरमा विशाल विरोध प्रदर्शन गरिएको बहुजन एकता समाज नेपालका केन्द्रीय संयोजक चन्देश्वर दासले बताउनु भएको छ। संयोजक दासका अनुसार दलितहरुको शृंखलाबद्ध सुनियोजित हत्याको विरुद्ध ३२ डिग्रि गर्मिमा पनि मधेशी दलित समुदायले धनुषा प्रहरी,नेपाल सरकारका गृहमन्त्री र स्थानीय दलाल नेतालाई चुनौती दिदैं प्रदर्शन गरिएको हो ।

टेक्टर दुर्घटनाका कारण उत्पन्न विवादले जेठ १२ गते प्रहरीले पक्राउ गरी हिरासतमा राखिएका शम्भु सदा मुसहर २७ गते राती २ बजे झुण्डिएको अबस्थामा फेला परेका थिए । प्रहरी निरिक्षक चन्द्रभुषण यादब र टेक्टर मालिक संजय साह तेलीको मिलेमतोमा हत्या गरिएको पिडित परिवारको आरोप छ । मृतककी आमालाई ईलाका प्रहरी कार्यालयमा गुपचुप लगेर जबरजस्ती इन्जेक्शन लगाई औठाछाप लगाउनु आदिले यो आत्महत्या नभई षड्न्त्रपूर्ण तरिकाले हत्या गरिएको आन्दोलनकारीहरुको भनाई छ ।

नेपाल राष्ट्रिय मुसहर संघले पनि बिहिबार दोषीमाथि कारवाहीको माग गर्दै धनुषामा प्रदर्शन गरेको थियो । प्रहरी दमन मुर्दावाद, दलितमाथिको हत्याहिंसा बन्द गर, सुरक्षा दिने प्रहरी चौकीनै असुरक्षित,हिरासतमै मृत्यु, हत्यारालाई कारवाही गर लगायतको नारासहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । सयौंको संख्यामा रहेका युवाहरुले मोटरसाइकल यालीसहितको प्रदर्शन गर्दै प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत,मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा,जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रालय, राष्टिय मानव अधिकार आयोगको कार्यालयमा दोषीमाथी कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।

ablokit.com.np

प्रतिकृया दिनुहोस्