जातिय बिभेद भनेको सामाजिक विभेदहरु मध्ये सबै भन्दा डरलाग्दो एउटा मानबता लाई स्विकार नगरिएको विभेद हो । समाजमा कुनै काल खण्डमा निमार्ण गरिएका व्यबस्थाहरु हुन् । सामाजिक संस्था संग जोडिएका , धर्म संग जोडिएर यस्ता व्यबस्थाहरु निमार्ण गरिएका हुन् ।
हरेक व्यक्तिको मानसिकतामा यो गहिरो रुपमा जरा गाडेको छ त्यसैले सार तत्वमा केहि परिवर्तन भएको छैन् । सामान्य चिया पसलमा चिया खाजा खान हुने ,मनोरन्जन गर्न हुने,संगै बस्न हुने तर आज २१ औ शताब्दीमा पनि विहे गर्ने बेलामा आफ्नै जात खाज्ने प्रचलन रहेको छ । अब तपाई हामी सबैले आत्मा समिक्षा गरौं हाम्रो अवस्था कहाँ र सोचाई कुन स्तरको छ ?
कानुन ल्याउदैमा , संसदमा बोलेर र हामीले बिश्व बिद्यालय पढ्दैमा र पढाउदैमा जातिय विभेद उन्मुलन हुन्छ भन्ने हुदैन । विश्वबिद्यालयहरुमा कागजमा लेखिएका कानुन पढाईन्छ तर त्यहां सामाजिक कानुन पढाईदैन ।हाम्रा रिती रिवाज र सामाजिक कानुन जब सम्म हामीले पढ्दैनौ त्यति बेला सम्म हामीले हाम्रो धरातल बुझन सक्दैनौं । देशले बनाएको कानुन भन्दा समाजले बनाएको कानुन कयौ गुणा बलियो हुन्छ ।
जब सम्म हामी सबैलाई समान द्धष्टिकोणले विबाहको रुपमा सजिलै स्विकार गर्न सक्दैनौ ,तब सम्म हाम्रो समुदाय समाजमा जातिय विभेद हट्दैन ।जातिय विभेद गर्नेलाई सामाजिक दण्ड दिनु पर्छ । जस्तै :सामाजिक बहिष्कार गर्ने , जातिय छुवाछुत गर्ने लाई अपराध हो भनि सचेतना फैलाउने हो भने यस्ता सामाजिक अपराधहरुलाई घटाउन सक्छौं ।
राज्यले दिने सजाए एउटा र समाजले दिने सजाए एउटा भयो भने मात्र त्यो व्यक्तिले विभेद गर्न सक्दैन ,होईन भने समाजको बनाएको कानुन राज्यले नमान्ने र राज्यको बनाएको कानुन समाजले नमान्ने हुन सक्छ ।त्यसैले समाजले बनाएको कानुर र राज्यले बनाएको कानुनसंगै पालना गर्न लगाउनु पर्छ ।
अपराधीलाई कडा भन्दा कडा सजाए दिए मात्र जातिए विभेदमा कमी आउन्छ । यदि अराध गर्ने लाई छुटकारा दिने हो भने भोलिका दिनमा विभेद घट्नुका सट्टा झन बढ्दै जाने छ । त्यसैले सचेत र सजग बनौं ,जातिय विभेद गर्ने लाई कानुनी कार्वाही गरौं ।
(समाज शास्त्री डा.मिना उप्रेतीसंग सीता बि.के.ले गुर्न भएको कुराकानी आधारमा )