
जातिय बिभेद तथा छुवाछुत बिरुद्ध सबै मानव जाती एक ठिक्क भएर लड्नु पर्ने पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर के.सी. बताउनु भएको छ । बुधबार काठमाडौको माईघर मन्डलामा रुकुम पश्चिम घटनाको नियमित बिरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले उच्च जातीय अहङ्कारलाई नतोडि जातिय बिभेद अन्त्य नहुने धारणा राख्दै रुकुम पश्चिम घटना पनि त्यसैको प्रतिफल भएको बताउनु भयो । उहाँले भन्नु भयो “जातिय बिभेदको जालोलाई तोड्न दलित समुदायले सास्कृती आन्दोलनको अगुवाई गर्नु पर्ने र त्यसमा अरु समुदायले पनि सघाउनु पर्छ ।” सदियौ देखि जातीय बिभेदमा परेको दलित समुदायले यस्ता घटनालाई न्याय दिलाउन अझै सघंर्ष गर्नु पर्ने र आवश्यक परे अन्तर्राष्ट्रियकरण गराउनु पर्ने धारणा राख्नु भयो ।

संयुक्त दलित संघर्ष समितिले माइतिघर मन्डलामा नियमित आयोजना, जातीय समता समाजका प्रतिनिधि भक्त बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता एन.पि साउद, प्राध्यापक डम्बर चेम्जोङ, धन कुमारी सुनार, प्रकाश चन्द्र परियार र नागरिक समाजको तर्फबाट गोबर्धन कोलिले लगायतले आ आफ्ना धारणा राख्नु भएको थियो । त्यस्तै रुकुम पश्चिममा भएको बिभत्स घटनाको देशभर बिरोधका कार्यक्रम भैरहेका छन ।