RaraNews

प्रकाशित : २०७७/२/१६ गते
९३९ पटक

बुटवल । नेपालमा पछिल्लो समय जातीयताकै कारण पश्चिम रुकुममा नरसंहार भएको र दलितमाथि देशैभर विभेद कायम भएपछि सरकारको ध्यानआर्कषण गराउन बुटवलमा दिउँसै बत्ती बालेर विरोध प्रदर्शन गरिएको छ । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल प्रदेश ५ र रुपन्देही शाखाको आयोजनामा शुक्रबार बुटवल राजमार्ग चौराहामा सरकार अध्यारोमा कहाँ छ, उज्यालो यहाँ छ भन्दै मैनबत्ती बालेर प्रदर्शन गरिएको हो ।

पत्रकार, अधिकारकर्मी एंव आम नागरिकहरुको सहभागितामा रुकुम नरसंहारका दोषीलाई पक्राउ गरि कारवाहीको माग गर्दै प्लेकार्ड समेत प्रदर्शन गरिएको थियो । उक्त विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष एंव संविधानसभा सदस्य विनोद पहाडीले राष्ट्रपती, प्रधानमन्त्री र गृहमन्त्रीलाई दलित समुदाय कहिलेसम्म मारिनुपर्ने हो ? जवाफ चाहियो भनेर प्रश्न गरेँ । उनले गृहमन्त्रीलाई नवराज विकलाई आफ्नो छोरा सम्झन अपिल गर्दै तुरुन्त उच्च स्तरीय संसदीय छानविन समितिको माग गरे ।

अन्य घटना, दुर्घटनामा मारिदा सरकारले तुरुन्तै कारवाही थाल्ने भएपनि अहिले रुकुममा निर्मम रुपमा दलित समुदाय र अन्य यूवाहरु मारिदा पनि मुकदर्शक भएकोमा आपत्ति जनाए । उनले रुकुमका नवराज विक सहितका अन्य हत्या भएका यूवा र रुपन्देहीकी अंगिरा पासीको हत्यामा संलग्नलाई कारवाही नहुँदासम्म दिउँसै बत्ती बालेर सरकार खोज्दै हिड्ने बताए । सरकारले जातीय छुवाछुतलाई अन्त्य गरेको भनेपनि व्यवहारमा कायम भएकाले यसका विरुद्ध लकडाउनमा पनि बाध्यताले सडकमा होमिनुपरेको दुखेसो पोँखे ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोविन्द खनालले रुकुमको नरसंहार मानव सभ्यताकै लागि कलंक भएको भन्दै दोषीलाई कारवाही नगर्दासम्म शान्ति समाज विरोधमा उत्रने प्रतिबद्धता जनाए । मुक्ति समाजका नेता जोगलाल विश्वकर्माले जातीयताकै कारण हत्या हुदा पनि सरकारले दोषीलाई कारवाही नगर्दा सडकबाट सरकारको खोजी गर्दै बत्ति बाल्दै हिड्नपरेको भन्दै यो विरोधलाई सामान्य नमान्न चेतावनी दिए । उक्त विरोध प्रदर्शनमा क्रियाशिल महिला पत्रकार रुपन्देहीका अध्यक्ष भगवती पाण्डे, राष्ट्रिय दलित पत्रकार संघ, नेपालका प्रदेश सचिव सञ्जय सौगात, रुपन्देही सचिव सुरेश परियारले एक्यवद्धता मन्व्य राखेका थिए । उक्त प्रदर्शनमा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष हरि लम्साल, नेपाल पत्रकार महासंघ प्रदेश ५ उपाध्यक्ष भरत केसी, रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे सहित राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय सदस्य, प्रदेश र जिल्लाका पदाधिकारी तथा अधिकारकर्मीहरुको सहभागिता थियो ।

रुकुम घटनाको संदीय छानविन समिति गठन गर्न माग

रुकुमको चौरजहारीमा भएको कहालि लाग्दो मानवीय क्षतिप्रति विभिन्न संघसंस्थाहरुले गम्भिर ध्यानआर्कषण भएको जनाएका छन । २१ औं शताब्दिको यूगमा पनि दलित र गैरदलित समुदायविचको जातीय किचलो उत्पन्न हुन आफैमा लज्जास्पद बिषय भएको भन्दै रुकुम घटना अमानवीय भएको जनाएका छन ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपभापति गोविन्द खनाल, राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडी, उच्च अदालत बार एसोसियशन बुटवलका अध्यक्ष जोग बहादुर खत्री, एडभोकेसी फोरम रुपन्देहीका शिव प्रसाद गौडेलले संयुक्त रुपमा विज्ञप्ति जारी गरि अविलम्ब संसदीय बिशेष समिति बनाई निष्पक्ष छानविनको माग गरिएको छ ।

रुकुमा जातीयताका कारण उत्पन्न भएको घटना दुःखद भएको भन्दै थप क्षति हुन नदिनका लागि सरकार गम्भिर बन्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । गत जेठ १० गते जाजरकोटका नवलराज विक सहित ६ जना यूवाले अन्तरजातीय प्रेम गरि केटी लिन रुकुम चौरजहारी पुग्दा गाउँलेको आक्रमणबाट ज्यान गुमाएका थिए ।

प्रतिकृया दिनुहोस्