RaraNews

प्रकाशित : २०७७/२/१६ गते
९५९ पटक

यतिबेला कपिलबस्तु जिल्ला कोरोना संगै अन्य समस्याहरु संग पनि जुधिरहेको छ । बिपन्न परिवार जो दैनिक ज्याला मजदुरी गरि गुजारा टार्ने हरुलाई कपिलबस्तुका सबै पालिकाहरुको समन्वयमा राहात वितरण कार्य भैरहेको छ भने जिल्ला भित्र रहेका सक्रिय संघ संस्थाहरुले पनि भोकमरि बाट बचाउनका लागि फरक फरक तरिकाले राहात वितरण कार्य भैरहेको छ ।


जिल्ला समन्वय समितीले अनुरोध र सहकार्य गर्ने हो भने पिडितको बास्तबिक पिडा सरकारले बुझनु पर्ने हुन्छ । हामी पिडितको पक्षमा काम गरिरहेका छौ ।जिल्ला भित्र रहेका पछाडि परेका समुदायका लागि दिनरात नभनी उहांहरुको हक र अधिकारका लागि काम गरिरहेका छौ । स्थानीय लक्षित समुदायको सहयोगका लागि केन्द्र र प्रदेश सरकार लाई पत्र पठाउका छौ भने स्थानिय तहले काम के कसरी गरेको छ भनि अनुगमन पनि गर्ने गरेका छौ ।

हाम्रो जिल्ला भारत संग जोडिएको छ । खुला सिमाका कारण पनि सिमा पारीबाट नेपालीहरु जिल्ला भित्र आउनेको क्रम दिन प्रति दिन बढिरहको छ । हामी उहांहरुको व्यबस्थापन गर्ने तर्फ लागिपरेका छौ । कहां कसरी क्वारेन्टाईन,आईसरलेसन बनाएर राख्ने भन्ने बारमा सबैको ध्यान केन्द्रित गरेका छौ ।यसमा जिल्लाका सबै पालिकाहरुले महत्वपुर्ण भुमिका खेलेको छ ।

हामीलाई यतिबेला क्वारेन्टाईनमा बस्नेहरुको खाजा खानाको व्यबस्थापनमा निकै समस्या परिरहेको छ ।हामी क्वारेन्टाईनमा बसेकाहरुलाई बढि ध्यान दिएका छौ भने राहात कार्य लाइ पनि निरन्तरता दिएका छौ । क्यारेन्टाईनमा प्राय यहि जिल्लाका मान्छेहरु हुनुहुन्छ । उहांहरुको संरक्षणमा हामी लागि परेका छौ ।


अहिले स्थानिय तहमा भएको बजेट लाई सिमा पारी बाट आउनेहरुको व्यबस्थापनमा र जसको घरमा चुलो बलेको छैन उनिहरुको घरका कसरी चुल्हो बाल्ने भन्ने छलफलमा जुटिरहेका छौ । त्यस संगै बुद्धभुमि नयरपालिकाले प्रत्येक वडाहरुमा राहात प्याकेज पनि ल्याएको छ ।
नगरबासी जो कोहीलाई समस्या परेको छ तपाईहरु त्यहां गएर आफ्नो समस्या समाधान गर्न सक्नुहुने छ । पिडितको सहयोगका लागि जिल्लाको कुनै पनि योजना बाट राहात वितरण गर्न सकिन्छ भने त्यस्ता योजनाहरु कटौती गरेर हामी जनताहरुको भोक मेटाउने प्रयासका लागि छलफलमा जुटेका छौ ।


हामी केन्द्र ,प्रदेश र जिल्ला का सबै पालिकाहरु संग पनि जनताको भोक हटाउन र चुल्हो बाल्न प्याकेजमा बिभिन्न कार्यक्रम ल्याउनु पर्छ भनि अनुरोध गरेका छौ । जिल्लावासी जो कोहीलाई समस्या परेको छ तपाईहरु आफ्नो नगरपालीका, गाउंपालिका र वडा कार्यालयमा गएर आफ्नो समस्या समाधान गर्न सक्नुहुने छ । यदि त्यहां सम्म पुग्न सक्नु भएन भने पनि उहांहरुले मलाई फोन गर्न सक्नुहुने छ ।समस्याको समाधानका लागि निरन्तर लागि पर्ने छौ ।


(जिल्ला समन्वय समिती उपाध्यक्ष, कपिलबस्तुका ताराबती कुमारी चौधरीसंग गरिएको कुराकानीको आधारमा)

प्रतिकृया दिनुहोस्