RaraNews

प्रकाशित : २०७७/२/१२ गते
१६३२ पटक

रुपन्देही । रुपन्देहीको देवदहमा एक दलित किशोरीको रहस्य रुपमा मृत्यू भएको छ । देवदह नगरपालिका वडा नम्बर ११ वड्की गुम्वीकी १५ वर्षिया कविता (नाम परिर्वतन) को गैरदलित यूवासँगको सम्बन्धमा परेकै कारण ज्यान गुमाउनुपरेको परिवारजनको दावी छ ।

गत जेठ ९ गते राती रुपन्देही देवदहकी १५ वर्षिया कविता (नाम परिर्वतन) सोही ठाउँका २२ बर्षिय विरेन्द्र भरको साथमा देखको आधारमा गाउँलेहरुले छलफल गरेका थिए । जेठ १० गते वडा न. ११ का वडाअध्यक्ष अमर बहादुर चौधरी सहित समाजका अगुवाहरुको छलफलले किशोरीलाई केटाको जिम्मा लगाइदिएको केहि घन्टामै झुन्डिएको अवस्थामा कविताको शव भेटिएको हो । कवितालाई विरेन्द्र घरमा लगेपनि अस्विकार गरेको र हात समेत हालेको प्रत्यक्षदर्शीहरुले बताएका छन । तल्लो जातको केटी बुहारीका रुपमा स्विकार नगर्ने बताएर कुटपिट गरेको केहि घन्टामै छोरीको शव भेटिएको भन्दै हत्या भएको आमा शान्ति पासीको जिकिर छ । जातकै कारण अपमान गरेको तथा दोषी केटालाई समाजले बचाएर छोरीको हत्या भएको मृतक पासीका ठूलोबुवा वलिराम पासीले बताउनुभयो ।

देवदह वडा न. ११ का वडाअध्यक्ष अमर बहादुर चौधरीले छलफल भएको स्विकार गर्दै केटाको जिम्मा लगाउने बेलामा भने आफू सहभागी नरहेको दावी गर्नुभएको छ । पिडित परिवारले हत्या भएको दावी गर्दै न्यायको माग गरेपनि प्रहरीले भने घटनालाई गम्भिर रुपमा लिएको छैन । विरेन्द्र भर र उनका परिवारका कारण घटना भएपनि प्रहरीले भने ती परिवारलाई अनुसन्धानमा समेत ल्याएको छैन । यसले परिवारलाई झनै शंसकित बनाएको छ ।

सोमबार इलाका प्रहरी कार्यालयमा हत्याको आरोपमा मुद्धा दर्ता गर्न खोजेपनि प्रहरीले मुद्धा लिन मानेन पिडितले बताएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपि प्रतिक सिंह राठौरले झुन्डिएको अवस्थामा शव भेटिएकाले पोष्टमार्टम रिर्पोट आएपछि मात्रै अन्य कारवाही अघि बढाईने जानकारी दिनुभयो । शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ ।

प्रतिकृया दिनुहोस्