RaraNews

प्रकाशित : २०७७/२/१२ गते
१००२ पटक

रुकुमको घटना सेलाउन नपाउँदै रुपन्देहीको देवदहमा पनि त्यस्तै प्रकृतीको घटना घटेको छ । अन्तरजातिय प्रेमका कारण देवदहकी दलित समुदायकी एक किशोरीले ज्यान गुमाउनु परेको छ । देवदह नगरपालिका वडा नम्बर ११ वड्की गुम्वीकी १५ वर्षिया अङ्गीरा पासी झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन । शनिबार दिउँसो देवदह–२ पेटवनिया रोहिणी खोला किनार रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक दिपक महतले जानकारी दिनु भयो । महतका अनुसार शरीरको माथिल्लो भागमा लगाएको कपडा च्यातिएको, भित्री वस्त्र देखिएको र चप्पल समेत नलगाएको अवस्थामा उनको सव फेला परेको छ ।

अन्तरजातिय प्रेम नै मृत्युको कारण

मृतक अङ्गीरा दलित समुदायकी किशोरी हुन । उनी सोही स्थानका कथित उपल्लो जात मानिने २२ वर्षिय विरेन्द्र भर संग नजिक थिइन । उनै भर संगको सामिप्यता नै अङ्गीराको मृत्युको कारण बन्यो । घटना स्थलमा पुगेका एक प्रहरी हवल्दारका अनुसार अङ्गीरा र विरेन्द्र संगै बसेको स्थानियले देखेपछि जेठ ९ गते राती उनिहरु गाउँबाट भागेका थिए । गाउँबाट भागेका उनिहरुलाई गाउँलले समाते र जेठ १० गते विहान देवदह–११ का वडा अध्यक्ष अमर बहादुर चौधरी सहितको गाउँलेको समुहले अङ्गीरालाई विरेन्द्रको जिम्मा लगाई दिए । समाजले जिम्मा लगाई दिए पछि विरेन्द्रले अङ्गीरालाई आफ्नो घरमा लिएर गएका थिए । विहान स्वीकार गरेर लगिएकी अङ्गीरा सोही दिन मृत अवस्थामा भेटिइन । स्थानियका अनुसार विरेन्द्रकी आमा निकै कडा स्वभावकी छन र उनले अङ्गीरालाई लछारपछार गरीन । मृतक अङ्गीराको कपडा च्यातिएको भेटिनुले पनि उनलाई हातपात भएको सहजै अनुमान लगाउन सकिन्छ ।

मेरी छोरीको हत्या भयो : अङ्गीराका बावु

मृतक अङ्गीराका वावु वलिराम पासीले आफ्नी छोरीको हत्या गरिएको दावी गरेका छन । समाज वसेर उमेर नै नपुगेकी छोरीलाई अर्काको जिम्मा लगाउनु समाजको गम्भिर गल्ती भएको उनले आरोप छ । आफुहरु दलित समुदायको भएका कारण आफुनो छोरीको हत्या गरेको बताउँदै दोषीलाई कडा कार्वाही हुनु पर्ने वलिरामले माग गरेका छन । वडा अध्यक्ष लगायतको निर्णयका कारण अङ्गीराले ज्यान गुमाउनु परेको स्थानियको आरोप छ ।

पन्छिने दाउमा वडा अध्यक्ष

वडा अध्यक्ष चौधरीले भने परिवारकै सदस्यहरुको मञ्जुरीमा केटीलाई केटाको जिम्मा लगाएको बताएका छन । उनिहरु एक रात हराए पछि समाजमा वदनामी हुन्छ, भविष्यमा केटीलाई अरु कसैले स्वीकार गर्दैन भन्ने परिवारले ठहर गरेर केटाको जिम्मा लगाएको वडा अध्यक्षको दाबी छ । आफु कार्य व्यस्तताका कारण समाजको वैठकमा अन्तीम समय सम्म वस्न नसकेको बताउँदै वडा अध्यक्ष चौधरीले आफ्नो रोहवरमा निर्णय गरिएको भन्ने सत्य नभएको भन्दै घटनाबाट पन्छिन खोजेका छन । मृतक अङ्गीराको शव लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा राखिएकाे छ । घटनाकाे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

के भन्छ कानुन ?

नेपालको प्रचलित कानुन अनुसार विवाहाका लागि २० बर्ष पुग्नु पर्ने हुन्छ । अङ्गीराको उमेर १५ बर्ष मात्रै छ । यसकारण यो सोझै बाल विवाह हुन आउँछ । अङ्गीराका बुवाका अनुसार अङ्गीरालाई दुव्र्यवहार गरेर आत्महत्या दुरुत्साहान गरेको पनि देखिन्छ । कानुन अनुसार बाल विवाह गराएमा दुई वर्ष सम्म कैद र बीस हजार रुपैयाँ सम्म जरिबाना हुने व्यवस्था छ भने आत्महत्या दुरुत्साहन गरेमा ५ बर्ष कैद हुने व्यवस्था छ ।

Source – Devdaha TV

प्रतिकृया दिनुहोस्