RaraNews

प्रकाशित : २०७७/२/११ गते
११०६ पटक

बुटवल- काेराेना महामीकाे मार खेपिरहेका मजदुर एकल महिलाहरूलाई विहिबार राहात वितरण गरिएकाे छ । ईनरह्विल क्र्लब अफ बुटवल, एकल महिला समूह रूपन्देही, अम्बेडकर साेसियल फाउन्डेसनको संयुक्त पहलमा ५० जनलाई राहात स्वरूप खाद्यान्न वितरण गरिएकाे हाे । राहात वितरणकाे शुभारम्भ बुटवल वडा न ६ का वडाअध्यक्ष जगदिश प्रसाद अाचार्य, संविधानसभा सदस्य विनाेद पहाडी, ईनरह्विल क्लबका निवर्तमान अध्यक्ष लक्ष्मी बस्यालले संयुक्त रूपमा राहात वितरणकाे शुभारम्भ गर्नुभएकाे थियाे ।

त्यसैगरि वडा न ४ मा वडाअध्यक्ष टंक प्रसाद पराजुलि, ईनरह्विल क्लबका सम्झना ज्ञवाली, ईनरह्विल क्लबका ईलेक्टेड अध्यक्ष शाेभा जाेशिले संयुक्त रूपमा वितरण गर्नुभयाे । साे अवसरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिस्ठ उपसभापति गाेविन्द खनालले दुखका बेला एकल महिलाहरूलाई सहयाेग गर्ने कार्य पुण्य भएकाे बताउनुभयाे ।

एकल महिला समूह रूपन्देहीका अध्यक्ष राधिका श्रेष्ठले बुटवल उपमहानगरभित्रका साहयता विहिन एकल महिलाहरूकाे दुखमा साथ दिन अभियान चलाईएकाे बताउनुभयाे । साे अवसरमा एकल समूह रूपन्देहीका सचिव रिता सेन, बुटवल अध्यक्ष पवित्रा खनाल, बुटवल १३ का अध्यक्ष सीता अाचार्य, बुटवल ७ मा अध्यक्ष अन्सु क्षेत्री, संगितकर्मि संघ रूपन्देहीका अध्यक्ष दुर्गा नेपाल, सामाजिक अभियान्ता पदम कारकि, समुन्द्र जिशि, विनोद पाेखरेल, तविता विक, सराेज गाैतम, अमृत गहतराज लगायतकाे सहभागिता थियाे ।

प्रतिकृया दिनुहोस्