RaraNews

प्रकाशित : २०७७/२/९ गते
१२३१ पटक

प्रदेश नम्बर पाँचका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले सुनको कचौरा हातमा लिएर हामी भिख माग्ने होईन, सुनको कचौराको मुल्यबोध गरेर कृर्षी,पर्यटनलाई उद्योग र व्यवसायसंग जोड्दै अगाडि बढ्न आग्रह गर्नु भएको छ । बन्दाबन्दीको मारमा साना तथा मझौला उद्योगीहरु परेको हुनाले निरास नहुन अनुरोध गर्नुभयो । जागरण मिडिया सेन्टरले साप्ताहिरुपमा उत्पादन गर्ने कार्यक्रम कट्वाल रेडियो पत्रिकासंग कुराकानी गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।


उहाँले कोभिड १९ ले तत्कालका लागि साना तथा मझौला उद्योगहरुलाई अफट्यारो पारे पनि पछि यो राम्रो अवसर हुन सक्ने कुरामा जोड दिनुभयो । उहाँले भन्नु भयो “धेरै दाजुभाई दिदिबहिनी बैदेशिक रोजगारबाट फर्किने हुदा समस्यालाई अवसरमा बदल्ने गतिलो मौका भएको बताउनु भयो ।” अहिलेको असहज परिस्थितीमा भारी उद्योगहरु संचालन गर्न नसके पनि कृर्षि वन,र पर्यटनसंग जोडेर साना तथा मझौला उद्योमा जोड दिने बताउनु भयो । स्थानिय सीप,कला,स्रोत साधनलाई प्रयोग गर्दै स्वदेशि उत्पादनमा प्रदेश सरकारले जोड दिने बताउनु भयो । उहाँले भन्नु भयो “हाम्रा परम्परागत सीप टेलरीङ्ग,हस्तकला,गरगहना,कृर्षि औजार, तामाका र माटाका भाडा बनाउने सीपलाई आधुनिकीकरण र बजारको व्यवस्थापन गरि आर्थिक सबलीकरणमा जोड दिनु पर्छ, यसमा गृहकार्य भैरहेको छ ।


त्यस्तै बन्दाबन्दीको असर सबै क्षेत्रमा परे पनि यसको सबै भन्दा मारमा साना तथा मझौला उद्योगीहरु परेकाले उहाँहरुको समस्याको पहिचाहन गरि प्रदेश सरकारले आगामी बजेटमा सम्बोधन गर्ने छ । प्रदेश सरकारको आगामी ध्यान कोभिड १९ लाई मध्य नजर गरेर स्वास्थ्य,कृर्षि र रोजगारमा केन्द्रित हुन सक्ने मन्त्री गिरीले जानकारी दिनु भयो ।


साना तथा मझौला उद्योगबाट कृर्षि उपयोग र रोजगारी सृजना हुने भएकाले पनि तालिम तथा नयाँ सामग्रीको व्यवस्थापन गरेर अगाडी बढ्नु पर्ने बताउनु भयो । उहाँले बिषम परिस्थितीमा मजदुर,बिपन्न, असाय र साना उद्योगी तथा व्यवसायिहरु परेको प्रदेश सरकारले मनन् गरेको छ । पक्कै पनि तपाईहरुले महशुस गर्ने बजेट तथा कार्यक्रम आउने बताउनु भयो ।

कहि कतै कार्यन्वयनमा समस्या देखिएको छ , राजनितीक दल,कर्मचारीतन्त्र र नितीगत समस्या भएकाले त्यसमा सरकारको ध्यान गएको छ त्यसलाई सुधारेर लैजानु पर्छ । पहिला हामी बाच्ने कुरा ठुलो भएकाले धैर्य गरौं,सरकारले बनाएका निती नियम पालना गरौं सरकारलाई आफ्नो ठाउँबाट सहयोग गरौं , कोभिड १९ रोगलाई सबै मिलेर परास्त गरौं , उहाँले सबैमा आग्रह गर्नु भयो ।

प्रतिकृया दिनुहोस्