RaraNews

जागरण मिडिया प्रकाशित : २०७४/९/२० गते
१७६६ पटक

डोटी । 

अखण्ड सुदूरपश्चिमको आन्दोलनका एक प्रमुख अगुवा तथा माओवादी केन्द्रका नेता लेखराज भट्टको नै पुत्ला दहन गरिएको छ । नेता भट्टले डोटी प्रदेश राजधानीका लागि उपयुतm नभएको भन्ने अभिब्यतmी दिएको भन्दै रुष्ट भएका आन्दोलनकारीहरुले भट्टको पुत्ला दहन गरेका हुन ।

 

७ नम्बर प्रदेशको राजधानी धनगढी बनाउनमा भट्टमा को भुमिका रहेको भन्दै आरोप लगाइएको छ । आन्दोलनकारीले ७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै केहि दिनदेखि आन्दोलन गर्दै आएका छन । मंगलबारदेखि आन्दोलनलाई चर्काएका आन्दोलनकारीहरुले डोटीका मुख्य बजार दिपायल, राजपुर, लगायतका बजारहरु पनि बन्द गराएका छन् भने सरकारी कार्यालय र संघसस्थाहरुहरु पनि बन्द गर्न लगाइएको छ । आन्दोलनकारीहरुले क्षेत्रिय प्रसाशन कार्यालय डोटीको साईन बार्डमा समेत ७ न. प्रदेश सरकार, प्रदेश गृह मन्त्रालय भनेर नयां पनि लगाएका छन ।


धनगढी राजधानी प्रस्ताव गरिएको बिरोधमा भइरहेको आन्दोलनका क्रममा नेता भट्टले एक संचार माध्यमलाई अन्र्तवार्ता दिदै, डोटीमा १०, १५ जना बस्नका लागि पनि ठाउँ नभएकाले डोटी प्रदेश राजधानीका लागि उपयुतm नभए भनेपछि रुष्ट भएका आन्दोलनकारीहरुले भट्टको पुत्ला दहन गरेको संघर्ष समितिका संयोजक नरेन्द्र खड्काले बताए।

नेता भटेटबाट डोटीका विरुद्धमा गैर जिम्मेवारी र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै भट्टका विरुद्धमा नाराबाजी समेत गरिएको छ। तर, नेता भट्टको पुरखौंली घर पनि डोटी नै हो ।
एकहप्तासम्म शान्तिपूर्ण रुपमा भैरहेको ‘दबाबमूलक’ आन्दोलन बुधबार बिहानैबाट हड्तालमा परिणत भएकोे थियो । राजधानीको माग गर्दै डोटीमा नौ दिनदेखी लगातार आन्दोलनका कार्यक्रमहरु भैरहेका छन् ।

प्रतिकृया दिनुहोस्